चैत्र १६, सोलुखुम्बु । नेपाल पत्रकार महासंघ को ७१ औँ स्थापना दिवसको अवसरमा बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । नेपाल पत्रकार महासंघ सोलुखुम्बुले सोमबार जिल्ला अस्पताल फाप्लुमा उपचाररत बिरामीहरुलाई फलफूल वितरण गरी स्थापना दिवस मनाएको जनाएको छ ।
जिल्लामा क्रियाशील पत्रकारहरु बिहानै अस्पताल पुगेर उपचाररत बिरामीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै उनीहरुलाई फलफूल वितरण गरेका थिए। महासंघले यस्ता कार्यक्रमले पत्रकारिता पेशासँगै मानवीय सेवामा पनि योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ। साथै आगामी दिनमा पनि सामाजिक सेवामूलक कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।











Discussion about this post