चैत्र १७, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदुधकुण्डका प्रमुख प्रशासकीय अधिकृत टुक्ती शेर्पाको सरुवा भएको छ । संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको ५० वढी उपसचिवहरुको सरुवामा सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख प्रशासकीयको सरुवा गरि नयाँ पठाउने भएको हो । शेर्पाको ठाउँमा सुरेन्द्र थापालाई पठाइने भएको छ । मन्त्रालयले उपसचिव सुरेन्द्र थापालाई प्रमुसख प्रशासकीय अधिकृतको रुपमा पठाउने निर्णय गरेको जनाइएको छ । थापा यस अघि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा सहायक सिडिओको रुपमा कार्यरत भएर सरुवा जानुभएको थियो ।











Discussion about this post