चैत्र १७, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले योजनाको फरफारक सम्बन्धित वडाबाटै गर्ने भएको छ । नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यपालिका बैठकले योजना फरफारक लगायतका काम वडास्तरबाटै गर्ने गरि निर्णय गरेको हो । ११ वटा वडा रहेको नगरपालिकाको भूगोल र दूरीका हिसाबले पालीका केन्द्र सम्म आइपुग्न सेवाग्राहीहरूलाई समस्या भएको भन्दे नगरपालिकाले यस्तो निर्णय गरेको हो । योजना सम्पन्न भइसकेपछि पालीकामै आएर गर्नुपर्ने फरफारकका कामहरू अन्तिम भुक्तानी, प्राविधिक प्रमाणीकरण, अनुगमन, निरीक्षण लगायतका कार्य वडाबाटै गरिने मेयर शेर्पाको भनाई छ । यसले नगरवासीलाई सामान्य कामका लागी पालिका धाउनुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ ।











Discussion about this post