चैत्र १९, सोलुखुम्बुको । खोटाङ जिल्लाको रावाबेँशी गाउँपालिका वडा नं. ४ डुम्रे–धारापानी फूलबारी टोलमा गएराति भएको आगलागीमा दुई वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् । स्थानीयवासी प्रभुराम पाण्डे र चन्द्र प्रसाद पाण्डेको खरको छानाले बनेका घरहरू आगलागीका कारण पूर्ण रूपमा ध्वस्त भएका हुन् । आगलागीमा घरभित्र रहेका नगद, लत्ताकपडा तथा दैनिक उपभोगका सम्पूर्ण सामग्रीहरू नष्ट भएका छन् ।
यद्यपि, उक्त घटनामा कुनै मानवीय क्षति नभएको स्थानीय स्रोतले जनाएको छ । प्रारम्भिक आकलन अनुसार राति करिब ११ः४५ बजे अज्ञात व्यक्तिले घरको छानामा आगो लगाएको हुन सक्ने आशंका गरिएको छ । आगो तीव्र रूपमा फैलिएको कारण नियन्त्रणमा लिन कठिन भएको थियो ।
स्थानीयवासी तथा सुरक्षाकर्मीहरूको प्रयासपछि करिब बिहान ४ बजे मात्र आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो । आज बिहान करिब ९ बजे जनप्रतिनिधिहरू, प्रहरी चौकीको टोली तथा पीडित पाण्डे परिवारका सदस्यहरू भेला भई घटनाबारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाउने जनाइएको छ।










Discussion about this post