चैत्र १९, सोलुखुम्बु । माध्यमिक शिक्षा परीक्षा एसइई देशैभर आजबाट सुरु भएको छ । सोलुखुम्बुमा पनि आजबाट परीक्षा निर्वाध रुपमा सुरु भएको छ । आज बाट सुरु भएको परीक्षाको अनुगमनबाट परीक्षा निष्पक्ष र विवाद रहित पहिलो दिन सम्पन्न भएको बताइएको छ ।
जिल्ला शिक्षा समिति संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख कृष्ण प्रसाद निरौलाको नेतृत्वमा परीक्षाको अनुगमन सम्पन्न गरिएको हो । जिल्ला स्थित रहेका २ वटा परीक्षा केन्द्र पुगेर गरिएको अनुगमनमा परीक्षा सौहार्द्रपूर्ण वातावरणमा सम्पन्न भएको बताइएको छ । अनुगमन पछि प्रतिकृया दिँदै प्रमुख निरौलाले परीक्षामा विद्यार्थीहरूको सहभागिता र उत्साह रोचक रहेको बताउनुभयो ।
यस्तै परीक्षाको अनुगमनमा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र सुवेदी, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख पुण्यराज डङ्गोल, जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मनोजित कुँवर पुग्नुभएको थियो । पहिलो दिन सदरमुकाम सल्लेरीमा रहेका जनजागृति मावि र निमाविको अनुगमन गरिएको थियो । जिल्लामा १३ वटा परीक्षा केन्द्रबाट १५ सय ३६ विद्यार्थीले सहभागिता जनाउँदै छन् ।











Discussion about this post