चैत्र २०, सोलुखुम्बु । ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नम्बर ४ मा किशोरीहरुलाई लक्षित गर्दै प्रजनन स्वास्थ्य, बाल अधिकार तथा जीवन उपयोगी शिक्षा सम्बन्धी दुई दिने तालिम सम्पन्न गरिएको छ। वडा कार्यालयको आयोजनामा चैत्र १९ र २० गते सञ्चालन गरिएको उक्त तालिममा ३१ जना किशोरीहरुको सहभागिता रहेको थियो।
तालिममार्फत किशोरीहरुलाई प्रजनन स्वास्थ्यका आधारभूत जानकारी, बाल अधिकारसम्बन्धी सचेतना तथा दैनिक जीवनमा उपयोगी सीपहरु प्रदान गरिएको आयोजकले जनाएको छ। तालिममा जनस्वास्थ्य निरीक्षक मित्रमिनु ढकाल, सिअनमि अधिकृत लक्ष्मी कार्की, प्राविधिक सहायक शान्तिलाल सापकोटा तथा सिपिएसडब्लु एवं सहजकर्ता मैयाँ दाहालले प्रशिक्षण दिनुभएको थियो।
आयोजकका अनुसार यस्ता तालिमले किशोरीहरुको आत्मविश्वास वृद्धि गर्नुका साथै स्वास्थ्य सचेतना र अधिकारप्रतिको बुझाइ मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।










Discussion about this post