चैत्र २२, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ स्थायी घर भई हाल वडा नम्बर २ मा बसोबास गर्दै आएकी गर्भवती महिला दाली राईको सुत्केरी गराउने क्रममा अत्यधिक रक्तस्राव भएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ। चैत्र २२ गते बिहान करिब १० बजे लुक्लास्थित पासाङ निकोल निक्की अस्पतालमा प्रसूति गराउँदा शिशु सुरक्षित रूपमा जन्मिएको थियो। साथै साल पनि पूर्ण रूपमा बाहिर आएको थियो।
तर त्यसपछि अत्यधिक रक्तस्राव हुन थालेपछि अवस्था जटिल बनेको थियो। उक्त अस्पतालमा ब्लड बैंक तथा आवश्यक रगतको उपलब्धता नभएकाले तत्काल उपचार सम्भव नभएपछि दाली राईको ज्यान जोखिममा परेको थियो। त्यसपछि राष्ट्रिपति महिला उद्धार कार्यक्रम अन्तर्गत हेलिकप्टर व्यवस्था गरी उनलाई उद्धार गरिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र सुवेदीका अनुसार समयमै उद्धार गरिएकाले सम्भावित ठूलो जोखिम टार्न सफल भएको बताइएको छ।











Discussion about this post