Friday, July 17, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

मूल्यवृद्धिको मारमा निर्माण व्यवसाय, सोलुखुम्बुका व्यवसायीको ध्यानाकर्षण

Radio Everest by Radio Everest
April 12, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र २९, सोलुुखम्बु । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनको मूल्यमा भइरहेको निरन्तर वृद्धि र त्यसको प्रत्यक्ष प्रभाव निर्माण क्षेत्रमा पर्न थालेपछि सोलुखुम्बुका निर्माण व्यवसायीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । जिल्ला निर्माण व्यवसायी संघ सोलुखुम्बुले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत डिजेल, पेट्रोल, मट्टितेल लगायत इन्धनजन्य पदार्थको अत्यधिक तथा अप्रत्याशित मूल्यवृद्धिले निर्माण उद्योग संकटमा परेको जनाएको छ।

संघका अध्यक्ष वेदराज थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा इन्धनसँगै बिटुमिन, सिमेन्ट, डण्डी जस्ता अत्यावश्यक निर्माण सामग्रीको मूल्यमा पनि निरन्तर वृद्धि भइरहेको उल्लेख गरिएको छ । विज्ञप्तिअनुसार बजारमा निर्माण सामग्रीको अभावसमेत देखिन थालेको छ, जसले गर्दा निर्माण कार्य ठप्प हुने अवस्था सिर्जना भएको छ । साथै देशका विभिन्न स्थानमा देखिएको क्रसर उद्योगसम्बन्धी समस्याले पनि निर्माण क्षेत्रलाई थप प्रभावित बनाएको संघको भनाइ छ ।

संघले यसअघि नै केन्द्रीय महासंघमार्फत नेपाल सरकार तथा सम्बन्धित निकायलाई पटक पटक ध्यानाकर्षण गराए पनि हालसम्म समस्या समाधानका लागि ठोस कदम चालिएको छैन् । निर्माण व्यवसायीहरूका अनुसार ठेक्काको मूल्य समायोजन राष्ट्र बैंकको मूल्य सूचकांकका आधारमा हुने प्रावधान भए पनि वास्तविक बजार मूल्य र सूचकांकबीच ठूलो अन्तर देखिएको छ ।

बजारमा निर्माण सामग्रीको मूल्य अत्यधिक बढ्दा पनि सूचकांकमा घटेको देखाइने अवस्थाले व्यवसायीहरू थप समस्यामा परेका छन् । संघले निर्माण कार्य तीव्र हुने समयमा यस्तो मूल्यवृद्धि र अभावले व्यवसायीहरूमा ठूलो आर्थिक भार परेको भन्दै निर्माण क्षेत्रमा आपतकाल घोषणा गर्न सरकारसँग माग गरेको छ ।

साथै मूल्य समायोजनसम्बन्धी हालको कानुनी व्यवस्था अपर्याप्त रहेको भन्दै “मूल्य समायोजन मार्गनिर्देशिका २” तत्काल जारी गर्नुपर्ने माग पनि गरिएको छ । साथै, सबै अवधिका ठेक्कामा मूल्य समायोजनको व्यवस्था गरी मूल्यवृद्धिबाट प्रभावित निर्माण व्यवसायीहरूको समस्या तत्काल सम्बोधन गर्न संघले सरकारसँग आग्रह गरेको छ ।

Previous Post

भकान्जेका चिया उत्पादकलाई भुक्तानी, सेयर सदस्यलाई ९ प्रतिशत मुनाफा

Next Post

लगातार वर्षाले गहुँ बाली जोखिममा, मुक्लि रन्देपुका किसान चिन्तित

Related Posts

सवारी कारवाहीबाटै ३१ लाख बढी राजस्व संकलन

 सोलुमा एक वर्षमा १२ सय बढी सवारी साधनलाई कारवाही, करिव १५ लाख राजस्व सङ्कलन 

July 17, 2026
0
सोलुखुम्बु जिल्ला अदालतमा न्यायाधीश परिवर्तन, बसन्तराज जोशी आउने

सोलुखुम्बु जिल्ला अदालतमा न्यायाधीश परिवर्तन, बसन्तराज जोशी आउने

July 17, 2026
0
भुङ्गारा–खोला मोटरेबल पुलछेउ सडक मर्मतः निश्चित समयमा मात्र सवारी आवागमन

भुङ्गारा–खोला मोटरेबल पुलछेउ सडक मर्मतः निश्चित समयमा मात्र सवारी आवागमन

July 17, 2026
0
आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

Discussion about this post

Everest Highlights

आज साउने संक्रान्ति : परम्पराअनुसार लुतो फाल्दै रोगबाट बच्ने विश्वास

आज साउने संक्रान्ति : परम्पराअनुसार लुतो फाल्दै रोगबाट बच्ने विश्वास

July 17, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सवारी कारवाहीबाटै ३१ लाख बढी राजस्व संकलन

 सोलुमा एक वर्षमा १२ सय बढी सवारी साधनलाई कारवाही, करिव १५ लाख राजस्व सङ्कलन 

July 17, 2026
सोलुखुम्बु जिल्ला अदालतमा न्यायाधीश परिवर्तन, बसन्तराज जोशी आउने

सोलुखुम्बु जिल्ला अदालतमा न्यायाधीश परिवर्तन, बसन्तराज जोशी आउने

July 17, 2026
भुङ्गारा–खोला मोटरेबल पुलछेउ सडक मर्मतः निश्चित समयमा मात्र सवारी आवागमन

भुङ्गारा–खोला मोटरेबल पुलछेउ सडक मर्मतः निश्चित समयमा मात्र सवारी आवागमन

July 17, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly