Tuesday, September 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खुम्जुङमा जलवायु न्यायको आवाजः हिमाल जोगाउन स्थानीय – विज्ञ हातेमालो, ‘गोक्यो घोषणापत्रको तयारी

Radio Everest by Radio Everest
April 18, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सोलुखुम्बु, बैशाख ४ ।  – गोक्यो समिट २०२६ का कार्यक्रम अन्तर्गत स्थानीयसँग अन्तरकृया सम्पन्न भएकाे छ ।  समुद्र सतहबाट ३,७९० मिटर उचाइमा रहेको खुम्जुङमा जलवायु न्यायका लागि पुगेको विज्ञ टोलीले स्थानीय समुदायसँग प्रत्यक्ष अन्तरसंवाद गर्दै जलवायु परिवर्तनका असर, चुनौती र समाधानका उपायबारे गहिरो छलफल गरेको हो  । खुम्बु पासाङल्हामु गाउँपालिका र जलवायु न्यायमा क्रियाशील संस्था साथसाथैको आयोजनामा शनिबार सम्पन्न कार्यक्रममा पूर्व उपसभामुख तथा प्रतिनिधि सभा सदस्य इन्दिरा राणा ले हिमाली आदिवासी समुदायले भोगिरहेका पीडालाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।

उहाँले महिलाको प्रजनन स्वास्थ्य समस्या, खाद्यान्न अभाव तथा वैकल्पिक जीविकोपार्जनका उपाय खोज्नुपर्नेमा जोड दिँदै स्थानीय सरकार जनस्तरसम्म पुगेर समन्वय गर्नुपर्ने धारणा राख्नुभयो। संस्थाका अध्यक्ष प्रजिता कार्कीले विगत ६ वर्षदेखि हिमाल संरक्षण अभियानमा स्थानीय समुदायसँग सहकार्य गर्दै आएको जानकारी दिँदै हिमाल केवल पर्यटकको आकर्षण नभई हिमाली समुदायको जीवन, प्राण र पहिचान भएको उल्लेख गर्नुभयो। उहाँले पर्वतीय देशहरूको नेतृत्व नेपालले गर्नुपर्ने र त्यसका लागि सरकार सक्रिय हुनुपर्ने आवश्यकता औंल्याउनुभयो। हिमनदी विज्ञ अरुणभक्त श्रेष्ठले खुम्बु क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव प्रत्यक्ष बुझ्न पाएको उल्लेख गर्दै पानीका मुहान संरक्षण र विपद् पूर्वसूचना प्रणाली जडानको आवश्यकता बारे बताउनु भयो ।

 नवीकरणीय ऊर्जा अनुसन्धानकर्ता कुशल गुरुङले परम्परागत दाउराको सट्टा ग्यास प्रयोग बढ्दै गएको तर त्यसले पनि वातावरणमा असर पार्ने भन्दै विद्युतीय तथा सौर्य ऊर्जाको प्रयोग विस्तार गर्न सुझाव दिनुभयो। लैङ्गिक विज्ञ समा श्रेष्ठले जलवायु न्यायसम्बन्धी योजना निर्माणमा महिलाको अनिवार्य सहभागिता र प्रविधिमैत्री तालिमको आवश्यकता औंल्याउनुभयो। वरिष्ठ पत्रकार बबिता बस्नेतले जलवायु परिवर्तनले महिला, बालबालिका र विपन्न समुदायमा पारेको असर बुझ्न यस्ता कार्यक्रमलाई सरकारी तहबाट पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो। सगरमाथा राष्ट्रिय निकुञ्जकी प्रमुख सुष्मा राणाले सौर्य तथा वायु ऊर्जाको प्रयोगले जलवायु प्रभाव न्यूनीकरण गर्न सकिने बताउँदै खुम्बु क्षेत्र यसका लागि उपयुक्त रहेको धारणा राख्नुभयो।

जलवायु  न्याय र सञ्चारमा सक्रिय पत्रकार बालकृष्ण बस्नेतले हिमाली मुद्दालाई स्थानीय तहमा सीमित नराखी प्रदेश, संघ हुँदै अन्तर्राष्ट्रिय मञ्चसम्म पु¥याउनुपर्नेमा जोड दिनुभयो। उहाँले विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको खुम्बु क्षेत्रमा देखिएको जलवायु असर विश्वव्यापी सरोकारको विषय भएको उल्लेख गर्नुभयो। युवा जलवायु अभियन्ता टासी लाजुमले हिमाल र प्रकृति जोगाउन स्थानीय समुदायको योगदान प्रशंसनीय रहेको बताउनुभयो।

कार्यक्रममा स्थानीय महिला जनप्रतिनिधि, आमा समूह तथा युवाहरूले पर्यटन, कृषि, प्रजनन स्वास्थ्य लगायत दैनिक भोग्नुपरेका समस्याहरू विज्ञ टोलीसमक्ष राख्दै समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका थिए। वडा सदस्य ङिमा यान्जी शेर्पा, आङनिमा शेर्पा, फुडोमाम शेर्पा, दावा छिरिङ शेर्पा लगायतका स्थानीयले सक्रिय सहभागिता जनाएका थिए। विश्व पृथ्वी दिवसको पूर्वसन्ध्यामा गोक्यो क्षेत्रमा ‘गोक्यो घोषणापत्र’ जारी गर्ने तयारीसहित पूर्व उपसभामुख राणाको नेतृत्वमा उक्त टोली खुम्जुङ पुगेको हो। टोलीमा विभिन्न क्षेत्रका विज्ञ, अनुसन्धानकर्ता, पत्रकार तथा युवाहरूको सहभागिता रहेको छ।

Previous Post

कामिरिता आफ्नै किर्तिमान तोड्न सगरमाथा तर्फ

Next Post

५१ वर्षीय फुर दिकीको ल्होत्से चढ्ने चाहाना

Related Posts

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
0
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
0
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
0
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
0
Next Post
५१ वर्षीय फुर दिकीको ल्होत्से चढ्ने चाहाना

५१ वर्षीय फुर दिकीको ल्होत्से चढ्ने चाहाना

Discussion about this post

Everest Highlights

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

September 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly