Monday, June 15, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सुकुम्वासी बस्ती हटाउने र विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयप्रति नेकपाको विरोध

Radio Everest by Radio Everest
April 19, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

काठमाडौँ, बैशाख ६ । नेपाली कम्युनिष्ट पार्टीले सरकारले हालै देशका विभिन्न स्थानमा सुकुम्बासी परिवारहरूलाई उचित विकल्पबिना उठिबास गराउने तथा झुप्रा भत्काउने कार्य गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ। पार्टीले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा यस्तो कदमलाई “अमानवीय” भन्दै तत्काल रोक्न र पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

विज्ञप्तिमा सुकुम्बासी व्यवस्थापनका नाममा गरिएका गतिविधिले पीडित परिवारलाई बिचल्ली बनाएको र सीमान्तकृत समुदायमा राज्यप्रतिको विश्वास कमजोर हुने खतरा बढेको उल्लेख गरिएको छ। “समुचित पुनर्वासको व्यवस्था नगरी यस्ता कार्य नगर्न सरकारसमक्ष आग्रह गर्दछौं,” विज्ञप्तिमा भनिएको छ।

यसैबीच, नयाँ सरकार गठनलगत्तै बजारमा महँगी र कालोबजारी बढेको भन्दै पार्टीले तत्काल नियन्त्रण गर्न पनि माग गरेको छ। पार्टीले विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने प्रयासलाई संविधानविपरीत र अस्वीकार्य ठहर गरेको छ। पञ्चायती व्यवस्थाको समयमा समेत उपभोग गरिएको संगठित हुने अधिकार संघीय लोकतान्त्रिक गणतन्त्रमा खोस्ने प्रयास भएको भन्दै यसप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ। साथै, ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने प्रयासले संवैधानिक अधिकार तथा अन्तर्राष्ट्रिय सन्धि–सम्झौताको उल्लङ्घन हुने उल्लेख गरिएको छ।

वर्तमान सरकारप्रति जनताले सुशासन, सामाजिक न्याय र समृद्धिको अपेक्षा गरेको उल्लेख गर्दै पार्टीले सकारात्मक कार्यक्रमहरूलाई स्वागत गरेको जनाएको छ। तर शासन सञ्चालन र संसदीय अभ्यासमा देखिएको पूर्वाग्रही र एकपक्षीय प्रवृत्तिले चिन्ता बढाएको विज्ञप्तिमा उल्लेख छ।

पार्टीले सरकारलाई अझ लोकतान्त्रिक, उत्तरदायी र समावेशी बन्न आग्रह गर्दै सुकुम्बासी, किसान, मजदूर तथा उत्पीडित समुदायप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिएको छ। “लोकतन्त्रको सुदृढीकरण अधिकार खोसेर वा जनताको घरबास उजाडेर सम्भव हुँदैन,” विज्ञप्तिमा उल्लेख छ।

Previous Post

साेलुका प्रहरी सहायक हवलदार दिनेश कार्की चैत्रको उत्कृष्ठ प्रहरी

Next Post

११० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने

Related Posts

स्वास्थ्यकर्मी अनिशा धामीको मृत्युबारे संसदमा आवाज, एमाले सचेतक महरले मागे निष्पक्ष छानबिन

स्वास्थ्यकर्मी अनिशा धामीको मृत्युबारे संसदमा आवाज, एमाले सचेतक महरले मागे निष्पक्ष छानबिन

June 15, 2026
0
हरेक निकायमा महिला नेतृत्व प्रवद्र्धन गर्न सोलुखुम्बुमा प्रदेशस्तरीय कार्यक्रम आयोजना हुने

हरेक निकायमा महिला नेतृत्व प्रवद्र्धन गर्न सोलुखुम्बुमा प्रदेशस्तरीय कार्यक्रम आयोजना हुने

June 15, 2026
0
सोलुदुधकुण्ड ५ सल्लेरीमा सार्वजनिक सुनुवाइ सम्पन्न

सोलुदुधकुण्ड ५ सल्लेरीमा सार्वजनिक सुनुवाइ सम्पन्न

June 15, 2026
0
सांसद कार्कीले प्रतिनिधिसभामा उठाए लिखु जलविद्युत् आयोजना प्रभावित स्थानीयको आवाज

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा कृषि योग्य जमिन प्रशस्त, तर सिँचाइ सुविधा अझै न्यून

सोलुखुम्बुमा कृषि योग्य जमिन प्रशस्त, तर सिँचाइ सुविधा अझै न्यून

June 15, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
स्वास्थ्यकर्मी अनिशा धामीको मृत्युबारे संसदमा आवाज, एमाले सचेतक महरले मागे निष्पक्ष छानबिन

स्वास्थ्यकर्मी अनिशा धामीको मृत्युबारे संसदमा आवाज, एमाले सचेतक महरले मागे निष्पक्ष छानबिन

June 15, 2026
हरेक निकायमा महिला नेतृत्व प्रवद्र्धन गर्न सोलुखुम्बुमा प्रदेशस्तरीय कार्यक्रम आयोजना हुने

हरेक निकायमा महिला नेतृत्व प्रवद्र्धन गर्न सोलुखुम्बुमा प्रदेशस्तरीय कार्यक्रम आयोजना हुने

June 15, 2026
सोलुदुधकुण्ड ५ सल्लेरीमा सार्वजनिक सुनुवाइ सम्पन्न

सोलुदुधकुण्ड ५ सल्लेरीमा सार्वजनिक सुनुवाइ सम्पन्न

June 15, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly