बैशाख ८, सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ ले १ महिने निःशुल्क कुक तालीम दिने भएको छ । वडाबासीलाई सीप मार्फत आत्मनिर्भर बनाउने उद्देश्य सहित ९ गते बुधबार बाट १ महिने तालिमको आयोजना हुने भएको हो । सोलुदुधकुण्ड नगरपालिका र व्यवसायिक तथा सीप विकास तालिम केन्द्र ओखलढुङ्गाको संयुक्त लागत साझेदारीमा तालिमको आयोजना हुन लागेको वडा अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाले बताउनुभयो ।
वडाका २० जना नागरिकका लागी सुरुवातमा तालीम आयोजना गरिने उहाँको भनाई छ । सीप सिकेर स्वदेशमा आत्मनिर्भर बन्न होस वा विदेशमा गएर काम गर्न उनिहरुलाई यस तालिमले मद्दत गर्ने उहाँको विश्वास छ । पर्यटकीय जिल्ला भएकाले पर्यटकको आवागमन हुने तर उनिहरुलाई खाना तथा बासको उचित प्रबन्ध गर्न नसक्दा नागरिकको आय आर्जनका साथै उचित व्यवस्थापन गर्न नसक्दा प्रतिष्ठामा समेत घाटा ब्यहोर्नु परेको भन्दै तालिमको आयोजना गरिएको बताइएको छ । तालिमको बुधबार उद्घाटन गरिने जनाइएको छ । वडा कार्यालयमा तालीम उद्घाटन गरि खोरियामा सञ्चालन गरिने अध्यक्ष शेर्पाको भनाई छ ।











Discussion about this post