बैशाख ८, सोलुखुम्बु । सल्लेरी बजारमा नेपालको अग्रणी दुई पाङ्ग्रे सवारी ब्रान्ड बजाजले विशेष बिक्री योजना ल्याएको छ । नयाँ वर्षको अवसर पारेर ल्याइएको यस अफरअन्तर्गत ग्राहकहरूले बजाज बाइक खरिद गर्दा आकर्षक नगद उपहार पाउने व्यवस्था गरिएको हो । कम्पनीका अनुसार अफर वैशाख ९ गतेदेखि १४ गतेसम्म सल्लेरी बजारमा सञ्चालन हुनेछ।
यस अवधिमा ग्राहकहरूले बाइक खरिद गर्दा ‘बेस्ट भ्यालुएसन’ सुविधा, निःशुल्क हेल्मेट तथा ‘अन द स्पट’ फाइनान्स (०% सेवा शुल्क) जस्ता सुविधाहरू समेत प्राप्त गर्नेछन् । बजारमा प्रतिस्पर्धा बढ्दै गइरहेका बेला ग्राहकलाई सहज र लाभदायक सेवा दिने उद्देश्यले यस्तो योजना ल्याइएको कम्पनीको भनाइ छ। स्थानीयस्तरमै सहज रूपमा फाइनान्स सुविधा उपलब्ध गराइने भएकाले सेवाग्राहीलाई थप राहत पुग्ने विश्वास गरिएको छ । उक्त अफर सीमित अवधिका लागि मात्र लागू हुने भएकाले इच्छुक ग्राहकलाई समयमै अवसरको उपयोग गर्न कम्पनीले आग्रह गरेको छ।










Discussion about this post