बैशाख ११, सोलुखुम्बु । पुर्वी पहाडी जिल्ला इलाममा बदेल आतंकले किसान मारमा परेका छन् । जंगली जनावर बदेँलले किसानले लगाएको बाली नष्ट गरिदिँदा किसान विस्थापित हुने अवस्थामा पुगेका हुन। जिल्लाका अधिकांस क्षेत्र पहाडी भुगोल सँगै जंगलले घेरिएको हुँदा यस क्षेत्रमा बदेल, बाँदरको जस्ता जंगली जनावरको आतंक फैलदो अवस्थामा रहेको जनाइएको छ । जिल्लाको माई जोगमाई गाउँ पालिकाको विभिन्न क्षेत्रमा जङ्गली जनवार बदेलले बालीनाली नष्ट बनाउन थालेको छ । खेतबारमिा पसेर किसानले लगाएको आलु, मकै जस्ता अन्नबाली खनेर नष्ट गरिदिन थालेपछि यस क्षेत्रका किसानको रोजीरोटीमै समस्या हुने देखीएको छ । वर्षभरि दुःख गरेर लगाएको बर्माबाली जंगली जनावरको मुखमा गएपछि किसानको आयआर्जन र दैनिकीमै समस्या हुने अवस्था रहेको स्थानीय निदेश केसीले बताउनुभयो ।











Discussion about this post