बैशाख ११, सोलुखुम्बु । यो वर्ष वसन्त ऋतुमा सगरमाथा आरोहण अनुमतिबाट ८७ करोड रुपैयाा राजस्व सङ्कलन भएको छ । यस सिजनमा आरोहणका लागी अनुमति लिएका ४ सय १ जनाबाट उक्त राजस्व सङ्कलन भएको हो । पर्यटन विभागका अनुसार नेपालका २९ वटा हिमाल आरोहणका लागि ९४४ जनाले अनुमति लिएका थिए । अनुमति लिनेमा २३४ जना महिला छन । ति मध्ये सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि ४०१ जनाले अनुमति लिएका छन् ।
यस्तै ल्होत्सेमा ८६ जना र अमादब्लम ७७ जनाले अनुमति लिएका छन् । हिमाल आरोहण अनुमतिबाट विभागले एक अर्ब रुपैयाँभन्दा बढी रोयल्टी सङ्कलन गरेको छ । विभागका निर्देशक हिमाल गौतमका अनुसार सगरमाथाबाट ८७ करोड रुपैयाँसहित अनुमति दिएका सबै हिमालबाट गरी एक अर्ब ८ लाख ४५ हजार रुपैयाँ रोयल्टी सङ्कलन भएको हो । अहिलेसम्म ५४ वटा देशका नागरिकले नेपालका हिमाल आरोहणका लागि अनुमति लिएकामा सबैभन्दा धेरै चीनबाट मात्र १२७ जना, अमेरिकाबाट १०० जना, बेलायतबाट ६४ जना, रुसबाट ६० जना र अस्ट्रेलियाबाट २२ जनाले अनुमति लिएका छन् । यस वर्षको वसन्त यामदेखि सरकारले आरोहण रोयल्टी पनि बढाएको छ ।
यसअघि विदेशी आरोहीले वसन्त याममा सगरमाथा आरोहण गर्दा ११ हजार डलर रोयल्टी तिर्नुपर्नेमा यो वर्षदेखि चार हजार डलर बढेर १५ हजार पुगेको छ । मध्यपूर्वको युद्धका कारण बढेको महँगीले समग्र पर्यटन क्षेत्र प्रभावित भएको बेला आरोहणमा आउने पर्यटकको संख्या भने बढेको पाइन्छ ।











Discussion about this post