जेठ ५, सोलुखुम्बु । कोशी प्रदेशका निजी एवं सामुदायिक रेडियोहरूलाई रेडियो विकास तालिम कार्यक्रम ओखलढुङ्गामा सुरु भएको छ । सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराव कोशी प्रदेशको सहकार्यमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको ४ दिने तालिम आजबाट ओखलढुङ्गामा सुरु भएको हो । तालीममा कोशी प्रदेशका १० वटा जिल्लाका ४० वटा रेडियोका सञ्चालक तथा प्रतिनिधीहरु उपस्थिति छ । तालीममा रेडियोको महत्व, वर्तमान समयमा रेडियोहरूको उपयोगिताबारे प्रशिक्षण गराइने छ । तालीममा सोलुखुम्बु, ओखलढुङ्गा, पाँचथर, ताप्लेजुङ, धनकुटा, संखुवासभा, उदयपुर, मोरङ्ग, सुनसरी लगायत जिल्लाका रेडियोका सञ्चालकहरूकाे सहभागिता छ ।










Discussion about this post