जेठ ५, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका देशभरमै शून्य बेरुजु कायम गर्ने पालिका बनेको छ । महालेखा परीक्षकको कार्यालयको ६३ औँ वर्षिक प्रतिवेदनअनुसार नगरपालिकाले आर्थिक अनुशासन तथा पारदर्शितालाई प्राथमिकतामा राख्दै शून्य बेरुजु कायम गर्न सफल भएको हो । नगरपालिकाले यस अघि पनि देशभर बेरुजु शून्य पार्ने तेश्रो पालिका बन्न सफल भएको थियो । नागरिक प्रति उत्तरदायी जनप्रतिनिधि र अनुशासित कर्मचारी संयन्त्र भएकाले यो उपलब्धि हासिल गर्न सम्भव भएको नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले बताउनुभयो । नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै बेरुजु शून्यमा झारिएको तथा सरकारद्वारा सम्पन्न कार्यसम्पादन मूल्याङ्कनमा समेत कोशी प्रदेशकै उत्कृष्ट स्थान प्राप्त गर्न सफल भएको उल्लेख गगरेको छ । देशभर बेरुजु बढ्दै जाँदा आर्थिक अनुशासनमा चिन्ता बढेको बेला नगरपालिकाले शून्य बेरुजु कायम गरेपछी जिल्लाभर उदाहरणीय सकेत बनेको छ ।










Discussion about this post