जेठ ६, सोलुखुम्बु । खोटाङको रावा बेसी गाउँपालिकाद्वारा आयोजित “पोषण सप्ताह” कार्यक्रम अन्तर्गत आज आधारभूत तह (कक्षा ६–८) स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। रावा बेसी गाउँपालिकाका अध्यक्ष फटिक कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा गाउँपालिका भित्रका १२ वटा विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको थियो।
प्रतियोगितामा देउराली माध्यमिक विद्यालय, डुम्रेधारापानी प्रथम, गङ्गोदय माध्यमिक विद्यालय, दुबेकोल द्वितीय, धारापानी माध्यमिक विद्यालय, डुम्रेधारापानी तृतीय तथा कालिका आधारभूत विद्यालय, दुबेकोलले सान्त्वना स्थान हासिल गरेका छन्। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान प्राप्त गर्ने विद्यालयहरूलाई झोला, स्टेशनरी लगायतका सामग्री प्रदान गरिएको थियो।
साथै अन्य सहभागी विद्यालयका विद्यार्थीहरूलाई हौसला स्वरूप स्टेशनरी सामग्री वितरण गरिएको आयोजकले जनाएको छ। विजयी विद्यालयहरूलाई सम्मानपत्रद्वारा सम्मान समेत गरिएको थियो। पोषणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रमले विद्यार्थीहरूमा ज्ञान, क्षमता तथा प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ।











Discussion about this post