जेठ ६, सोलुखुम्बु । पत्रकारितामा आधुनिक प्रविधिको प्रयोग बढाउने उद्देश्यले सोलुखुम्बुमा कृत्रिम बुद्धिमत्ता ९एआई० सम्बन्धी तीन दिने क्षमता विकास तालिम सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ सोलुखुम्बु शाखाको आयोजना तथा कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित उक्त तालिम बुधबार सम्पन्न भएको हो।
सोमबारदेखि सुरु भएको तालिममा प्रशिक्षक अजय शर्मा ले एआईको प्रयोग, समाचार लेखन, सामग्री सम्पादन तथा डिजिटल पत्रकारितामा यसको प्रभावबारे सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण दिनुभएको थियो। तीन दिनसम्म सञ्चालन भएको तालिममा जिल्लाका सक्रिय २२ जना पत्रकारहरूको सहभागिता रहेको थियो। तालिमले पत्रकारहरूलाई प्रविधिमैत्री पत्रकारिता अभ्यास गर्न तथा समाचार उत्पादनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।










Discussion about this post