जेठ ६ , सोलुखुम्बु। उदयपुरको रौतामाइ गाउँपालिकामा तीन दिने घटना व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ। जेठ ४ गतेदेखि सुरु भएको तालिम बुधबार सम्पन्न भएको हो। बालबालिकासँग सम्बन्धित विभिन्न घटनाहरू तथा तिनको प्रभावकारी व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा केन्द्रित तालिममा बाल अधिकार समितिका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो।

तालिममा बालबालिकाको संरक्षण, घटना व्यवस्थापन र स्थानीय तहमा बालमैत्री स्थानीय शासन प्रवर्द्धनका विषयमा सहजीकरण गरिएको थियो। गाउँपालिका बाल अधिकार समिति अध्यक्ष रवीन्द्र कुमार खत्री का अनुसार तालिमको मुख्य उद्देश्य बालबालिकासँग सम्बन्धित घटनाहरूलाई संवेदनशील र व्यवस्थित ढंगले समाधान गर्ने क्षमता अभिवृद्धि गर्नु रहेको थियो। तालिमको आर्थिक तथा प्राविधिक सहयोग जाल्पा एकीकृत विकास समाज र वल्ड भिजन इन्टरनेश्नल नेपाल ले गरेका थिए।
तीन दिनसम्म सञ्चालन भएको तालिममा सुमन अधिकारी ले प्रशिक्षण दिनुभएको थियो। सहभागीहरूले तालिमलाई प्रभावकारी तथा सिकाइमूलक भएको बताएका छन्। रौतामाइ–भुट्टारका लोक बहादुर विश्वकर्मा ले तालिमबाट बालबालिकासँग सम्बन्धित घटनाहरूलाई थप व्यवस्थित र संवेदनशील ढंगले समाधान गर्न आवश्यक ज्ञान र सीप प्राप्त भएको बताउनुभयो।












Discussion about this post