जेठ ६, सोलुखुम्बु । नेपाली काँग्रेस नेचासल्यन गाउँपालिका वडा नं। २ का कोषाध्यक्ष मेघराज निरौला ९निरु० ले पार्टी परित्याग गरेका छन् । लामो समयदेखि नेपाली काँग्रेसको सक्रिय सदस्यका रूपमा पार्टीको सिद्धान्त, नीति तथा लोकतान्त्रिक मूल्य, मान्यताप्रति प्रतिबद्ध रहँदै विभिन्न राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका निरौलाले पार्टीबाट अलग हुने घोषणा गरेका हुन् ।
उनले नेपाली काँग्रेसले राष्ट्र र लोकतन्त्रका लागि पुर्याएको योगदानप्रति सधैँ सम्मान व्यक्त गर्दै आएका भए पनि पछिल्लो समय पार्टीभित्र देखिएको आन्तरिक अवस्था, कार्यशैली, नेतृत्वको निर्णय प्रक्रिया तथा आफ्ना व्यक्तिगत राजनीतिक विचार र भावनासँग मेल नखाने परिस्थिति सिर्जना भएकाले पार्टीमा निरन्तर रहिरहन उपयुक्त नदेखिएको बताएका छन् ।
गम्भीर आत्ममन्थन तथा विचारपछि आजकै मितिदेखि लागू हुने गरी पार्टीको क्रियाशील सदस्यता सहित आफूले सम्हाल्दै आएको कोषाध्यक्ष पदबाट समेत राजीनामा दिएको उनले जानकारी दिएका छन् । यस अवधिमा पार्टीमार्फत प्राप्त अनुभव, सहयोग तथा सहकार्यका लागि सम्पूर्ण नेता तथा कार्यकर्ताप्रति उनले आभार व्यक्त गरेका छन् । साथै आगामी दिनमा पनि लोकतान्त्रिक मूल्य र समाजसेवाप्रति आफ्नो प्रतिबद्धता कायम रहने उल्लेख गरेका छन् ।











Discussion about this post