जेठ २८, सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ८ का किसानहरुलाई ५ लाख बराबरको कृषि औजार वितरण गरिएको छ ।
सोमबार सोलुदुधकुण्ड नगरपालिकाको ५० प्रतिशत र कृषकहरुको ५० प्रतिशत लगानीमा उक्त सामाग्री वितरण गरिएको हो । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष पासाङ कटुवालका अनुसार नगरपालिकाको आर्थिक बर्ष २०८०÷०८१ को रैथाने बाली प्रवर्द्वन कार्यक्रम अन्तर्गत २ लाख ५० हजार बजेट विनियोजन गरी १३ जना किसानहरुलाई औजार वितरण गरिएको हो ।
किसानहरुको २ लाख ५० हजार बजेट मार्फत हाते ट्याक्टर, पिठो पिस्ने मेसिन खरिद गरी वितरण गरिएको उहाँले उल्लेख गर्नुभयो । कृषकहरुलाई आधुनिक सामग्रीहरुको आवश्यकता पर्ने बताउदै उक्त सामाग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
Discussion about this post