जेठ ७, सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा व्यायामशाला जिम हल स्थापना गरिएको छ । प्रहरीहरूको शारीरिक तन्दुरुस्ती तथा मानसिक चतुस्ततालाई ख्याल गर्दै व्यायाशाला स्थापना गरिएको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक मनोजित कुवँरले व्यायामशालाको अवधराणालाइ कार्यान्वयन गर्नुभएको हो ।
पहिलो चरणमा प्रहरी व्यायामशाला करिव १ लाख ५० हजार बराबरको लगानी गरिएको छ भने यसलाई क्रमशः अगाडी बढाउँदै लैजाने उहाँको भनाई छ । व्यायामशालाको विहीबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । प्रनाउ कुवँरले आफ्नो एक वर्षे कार्यकालमा कार्यालय परिसरमा विभिन्न भौतिक संरचना स्थापना तथा सौन्दर्यकरणका क्षेत्रमा काम गर्नुभएको कार्यालयका सूचना अधिकारी विकास राईले बताउनुभयो ।
डीएसपी कुवँरले आफ्नो एक वर्षे कार्यकाल पुरा गर्दैगर्दा जिल्ला प्रहरी कार्यालयको परिषर भित्र प्रतीक्षालय, व्यायामशाला, खेलकुदका लागी फुटसल ग्राउण्ड, टेबलटेनिस कोर्ट लगायत निर्माण गर्न अगुवाई गर्नुभएको छ । यस्तै कार्यालय परिसरमा वृक्षारोपण, व्यवस्थापन लगायतका काम समेत गर्नुभएको जनाइएको छ ।










Discussion about this post