Thursday, October 15, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

स्वास्थ्य चौकी गार्मा बन्यो किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था

Radio Everest by Radio Everest
May 31, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १७, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–७ मा अवस्थित स्वास्थ्य चौकी गार्मालाई किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ। सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले एक समारोहबीच स्वास्थ्य चौकीलाई औपचारिक रूपमा किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था घोषणा गर्नुभएको हो।

कार्यक्रममा नगर प्रमुख शेर्पाले किशोरकिशोरी नै राष्ट्रका भविष्यका आशा भएकाले उनीहरूको स्वास्थ्य तथा समग्र विकासलाई नगरपालिकाले गम्भीर र संवेदनशील रूपमा प्राथमिकता दिँदै आएको बताउनुभयो। उहाँले नगरपालिकाले स्वास्थ्यलगायतका आधारभूत सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै निर्धक्क भएर सेवा लिन आग्रह गर्नुभयो। उपप्रमुख गान्धिमाया तामाङले किशोरावस्था व्यक्तिको भविष्य निर्धारण गर्ने महत्वपूर्ण चरण भएकाले यस उमेर समूहको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।

उहाँले नगरपालिकाभित्र रहेका स्वास्थ्य संस्था तथा अन्य सरकारी कार्यालयहरूमा सबैको समान पहुँच र सहभागिता सुनिश्चित गर्न कुनै कसर बाँकी नराखिने बताउनुभयो। वडा नं. ७ का अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले सक्षम र जिम्मेवार नागरिक निर्माणका लागि किशोरकिशोरीलाई उपयुक्त वातावरण उपलब्ध गराउन आवश्यक रहेको उल्लेख गर्दै उक्त घोषणाले त्यस अभियानलाई थप बल पुर्याउने विश्वास व्यक्त गर्नुभयो। सो अवसरमा नगर प्रमुख शेर्पाले वडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पालाई किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था घोषणाको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो।

उहाँले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा किशोरकिशोरीको सक्रिय सहभागिताले परिवार तथा समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो। सोलुदूधकुण्ड नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुवास तामाङका अनुसार नेपाल सरकारको निर्देशिकामा उल्लेखित सम्पूर्ण सूचकको मूल्याङ्कनका आधारमा स्वास्थ्य चौकी गार्मालाई किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो।

स्वास्थ्य संस्थाको सेवा प्रवाह, व्यवस्थापन समितिमा किशोरकिशोरीको सहभागिता, भौतिक पूर्वाधार, आवश्यक औजार–उपकरण, सूचना तथा सञ्चार सामग्रीलगायत विभिन्न पक्षको अध्ययन तथा मूल्याङ्कन गर्दा सबै सूचकहरू प्रभावकारी रूपमा कार्यान्वयन भएको पाइएपछि स्वास्थ्य चौकीलाई किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको जनाइएको छ।

Previous Post

सोलुदुधकुण्ड–२ का विद्यालयलाई प्रविधिमैत्री बनाउँदै वडा कार्यालय, तीन विद्यालयलाई इन्टर्याक्टिभ प्यानल बोर्ड वितरण

Next Post

रास्वपाको थुलुङ दुधकोशी गाउँपालिका प्रथम अधिवेशन सम्पन्न, युवराज बस्नेतको नेतृत्वमा नयाँ समिति गठन

Related Posts

प्रकाश सिंह कार्की नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

प्रकाश सिंह कार्की नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

October 15, 2026
0
थुलुङ दुधकोशीमा सुशासन प्रवद्र्धनसम्बन्धी अभिमुखीकरण

थुलुङ दुधकोशीमा सुशासन प्रवद्र्धनसम्बन्धी अभिमुखीकरण

October 15, 2026
0
बडादशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

बडादशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

October 15, 2026
0
प्रकाश भुजेललाई प्रमुख अतिथि बनाउँदा विवादमा ह्वाइट हिल्स, कार्यक्रमबारे विद्यालयले माग्यो माफी

प्रकाश भुजेललाई प्रमुख अतिथि बनाउँदा विवादमा ह्वाइट हिल्स, कार्यक्रमबारे विद्यालयले माग्यो माफी

October 14, 2026

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा ६४५ मतदाताको नामावली हटाइयो

सोलुखुम्बुमा ६४५ मतदाताको नामावली हटाइयो

October 14, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
प्रकाश सिंह कार्की नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

प्रकाश सिंह कार्की नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

October 15, 2026
थुलुङ दुधकोशीमा सुशासन प्रवद्र्धनसम्बन्धी अभिमुखीकरण

थुलुङ दुधकोशीमा सुशासन प्रवद्र्धनसम्बन्धी अभिमुखीकरण

October 15, 2026
बडादशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

बडादशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

October 15, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly