सबिना राई, जेठ १९, सोलुखुम्बु । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस ले सरकारको कामकारबाहीको निगरानी र मूल्याङ्कन गर्ने उद्देश्यसहित गठन गरेको १८ सदस्यीय छाया सरकारमा सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी दिइएको छ। पार्टी संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको नेतृत्वमा गठन गरिएको छाया सरकारमा कार्कीलाई गृह मन्त्रालयको जिम्मेवारी तोकिएको हो।
कांग्रेसले प्रधानमन्त्रीदेखि सबै मन्त्रालयका लागि छायामन्त्री चयन गर्दै सरकारका नीति, निर्णय र कार्यसम्पादनमाथि प्रभावकारी निगरानी गर्ने जनाएको छ। प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको कांग्रेसले यसअघि पनि विपक्षमा रहँदा छाया सरकार गठन गर्ने अभ्यास गरेको थियो। नयाँ संरचनाअनुसार आङ्देम्बे छाया सरकार प्रमुख रहनेछन् भने कार्कीले गृह प्रशासन, सुरक्षा तथा शान्ति–सुरक्षासम्बन्धी विषयमा सरकारका गतिविधिमाथि निगरानी गर्ने जिम्मेवारी सम्हाल्नेछन्।










Discussion about this post