सबिना राई, जेठ २२, सोलुखुम्बु । नेचासल्यान गाउँपालिकाबाट काठमाडौंमा बसोबास तथा विभिन्न पेशा–व्यवसायमा संलग्न व्यक्तिहरूलाई एकताबद्ध गर्दै नेचासल्यान–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ । बिहीबार आयोजित एक कार्यक्रममा श्रम संस्कृति पार्टीका केन्द्रीय महासचिव आरेन राईको प्रमुख आतिथ्यमा मिलन बास्तोलाको अध्यक्षतामा नयाँ समिति गठन गरिएको हो । गठित समितिको उपाध्यक्षमा हेमन्त किराती र चिनकुमारी राई चयन भएका छन् ।
त्यसैगरी सचिवमा राजिव बाहिङ, कोषाध्यक्षमा जस्मीन राई तथा सह–सचिवमा भिष्म फुयाल रहेका छन् । सदस्यहरूमा सुरेश राई, आईकुमार राई, कल्यान राई, कुशल बास्तोला र तेजबहादुर राई चयन भएका छन् । कार्यक्रममा बोल्दै वक्ताहरूले काठमाडौंमा रहेका नेचासल्यानवासीबीच आपसी सहकार्य, सामाजिक एकता तथा गाउँपालिकाको विकास र समृद्धिका लागि सम्पर्क समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए ।
यसैबीच, आगामी जेठ २५ गते श्रम संस्कृति पार्टीको नेचासल्यान गाउँपालिका कमिटी पुनर्गठन कार्यक्रम समेत आयोजना हुने जनाइएको छ । पार्टीका स्थानीय नेता तथा कार्यकर्ताको सहभागितामा हुने उक्त कार्यक्रममार्फत नयाँ नेतृत्व चयन गरिने तयारी रहेको बताइएको छ ।










Discussion about this post