Tuesday, September 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सल्लेरीमा स्थानीय आर्थिक विकासको योजना क्षेत्र पहिचान तथा कार्ययोजना प्रशिक्षण सुरु

Radio Everest by Radio Everest
June 5, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सबिना राई, सोलुखुम्बु, जेठ २२ । हिमाली जिल्ला सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा स्थानीय आर्थिक विकासको योजना क्षेत्र पहिचान तथा कार्ययोजना सम्बन्धी प्रशिक्षण कार्यक्रम सुरु भएको छ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र लोकल डेभलोप्मेन्ट ट्रेनिङ एकेडेमीको सहकार्य तथा सोलुदुधकुण्ड नगरपालिकाको आयोजनामा शुक्रबारदेखि प्रशिक्षण कार्यक्रम सञ्चालन भएको हो ।

जेठ २२ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा स्थानीय आर्थिक विकासका सम्भावित क्षेत्रहरूको पहिचान, कार्ययोजना निर्माण तथा कार्यान्वयनका विषयमा सहभागीहरूलाई प्रशिक्षण दिइनेछ । कार्यक्रमका प्रमुख उद्देश्यहरूमा सोलुदुधकुण्ड नगरपालिकाको स्थानीय आर्थिक विकासको वर्तमान अवस्थाको विश्लेषण, स्थानीय आर्थिक विकासका योजना क्षेत्रहरूको पहिचान, कार्यान्वयनयोग्य कार्ययोजनाको प्रारम्भिक खाका तयार पार्ने तथा त्यसलाई प्रभावकारी रूपमा अगाडि बढाउन स्थानीय आर्थिक विकास संवाद मञ्च गठन गर्ने रहेका छन् ।

प्रशिक्षणमा स्थानीय आर्थिक विकासका आधारभूत अवधारणा, राष्ट्रिय नीति तथा कानुनी प्रावधान, स्थानीय तथा अन्तर्राष्ट्रिय अभ्यास, पहिचान भएका क्षेत्रहरूको योजना कार्यान्वयन, वित्तीय योजना तथा स्रोत व्यवस्थापन, जोखिम व्यवस्थापन, योजना अनुगमन तथा मूल्याङ्कन, स्थानीय आर्थिक विकास संवाद मञ्च गठन र कार्ययोजना कार्यान्वयन प्रतिबद्धता लगायतका विषय समेटिएका छन् । उद्घाटन कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर गान्धिमाया तामाङले प्रशिक्षणबाट स्थानीय तहको आर्थिक विकाससम्बन्धी ज्ञान र क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै सहकार्यका लागि स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानलाई धन्यवाद दिनुभयो ।

त्यसैगरी, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यवाहक अध्यक्ष जयकृष्ण श्रेष्ठले यस्ता प्रशिक्षणले स्थानीय तहमा आर्थिक विकासका सम्भावनाहरू पहिचान गर्न र प्रभावकारी कार्ययोजना निर्माण गर्न महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । तालिममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा विकासप्रेमी सरोकारवालाहरूको सहभागिता रहेको छ । प्रशिक्षणबाट स्थानीय आर्थिक विकासलाई संस्थागत गर्दै दिगो आर्थिक समृद्धिका लागि आवश्यक योजना तथा कार्यक्रम कार्यान्वयनमा सहयोग जनाइएको छ ।

Previous Post

मिलन बास्तोलाको अध्यक्षतामा नेचासल्यान–काठमाडौं सम्पर्क समिति गठन

Next Post

शिक्षकको क्षमता परीक्षण गर्न वडा कार्यालयको निर्णय, असार १५ मा परीक्षा लिइने

Related Posts

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
0
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
0
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
0
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
0
Next Post
शिक्षकको क्षमता परीक्षण गर्न वडा कार्यालयको निर्णय, असार १५ मा परीक्षा लिइने

शिक्षकको क्षमता परीक्षण गर्न वडा कार्यालयको निर्णय, असार १५ मा परीक्षा लिइने

Discussion about this post

Everest Highlights

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

September 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly