Friday, August 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

फाप्लुमा शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई तालिम

Radio Everest by Radio Everest
June 9, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सबिना राई, सोलुखुम्बु, जेठ २६ । हिमाली जिल्ला सोलुखुम्बुमा शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूलाई लक्षित गरी तालिम कार्यक्रम सुरु गरिएको छ । सहयोगी हातहरूको समूह (सहास) नेपालको आयोजनामा मंगलबारदेखि फाप्लुमा तालिम सञ्चालन गरिएको हो ।

सहास नेपाल परियोजनाका प्रमुख चुडामणी पहाडीको अध्यक्षता तथा सोलुदुधकुण्ड नगरपालिका शिक्षा शाखा प्रमुख रोजिना पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको आयोजकले जनाएको छ । तालिममा सोलुदुधकुण्ड नगरपालिका अन्तर्गतका १३ विद्यालयका २६ जना विद्यालय व्यवस्थापन समिति (विव्यस) अध्यक्ष तथा प्रधानाध्यापकहरूको सहभागिता रहेको छ । तालिमको सहजीकरण बृहत राष्ट्रिय शिक्षा अभियान नेपालका संयोजक अभिषेक घिमिरेले गरिरहनुभएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै सोलुदुधकुण्ड नगरपालिका–७ का वडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले शिक्षा क्षेत्रको सुधारका लागि सहास नेपालले दक्ष प्रशिक्षकमार्फत विद्यालयका जिम्मेवार व्यक्तिहरूलाई तालिम प्रदान गरेकोमा आभार व्यक्त गर्नुभयो । उहाँले नयाँ आर्थिक वर्षको बजेट निर्माणको तयारी भइरहेकाले विद्यालयका समस्या तथा आवश्यकताहरू जनप्रतिनिधिसमक्ष प्रस्तुत गर्न आग्रह गर्दै त्यसअनुसार बजेट व्यवस्थापन गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

त्यसैगरी, शिक्षा शाखा प्रमुख रोजिना पौडेलले तालिमलाई अत्यन्त महत्वपूर्ण अवसरको रूपमा उल्लेख गर्दै विव्यस अध्यक्ष, शिक्षक अभिभावक संघका प्रतिनिधि तथा प्रधानाध्यापकहरूले तालिमबाट प्राप्त ज्ञान र सीप विद्यालयमा व्यवहारिक रूपमा लागू गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै सहास नेपाल परियोजनाका प्रमुख चुडामणी पहाडीले तालिमले विद्यालय व्यवस्थापन तथा शैक्षिक नेतृत्वलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विद्यालयमा गुणस्तरीय शिक्षा प्रवद्र्धन गर्न विव्यस, शिक्षक र प्रधानाध्यापकहरूको भूमिका अझ सशक्त बन्ने अपेक्षा व्यक्त गर्नुभयो ।

तालिमको पहिलो दिन बृहत राष्ट्रिय शिक्षा अभियान नेपालका संयोजक अभिषेक घिमिरेले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको शैक्षिक क्षेत्रमा प्रयोग, नेपालका सामुदायिक तथा निजी विद्यालयबीचको अवस्था र भिन्नता, विद्यालयको भौतिक पूर्वाधार, सिकाइ वातावरण तथा विद्यार्थीहरूको मनोभावना बुझ्न शिक्षक, विव्यस अध्यक्ष र प्रधानाध्यापकको भूमिकाबारे उदाहरणसहित प्रशिक्षण दिनुभएको छ । आयोजकका अनुसार तालिमले विद्यालय व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुयाउने अपेक्षा गरिएको छ । तालिम बुधबार सम्म जारी रहने छ ।

Previous Post

सोलुबाट सुत्केरी र नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार

Next Post

बालमैत्री वडा निर्माणतर्फ ताप्ली–४ को अग्रसरता, ककनीश्वर माविमा सचेतनामूलक कार्यक्रम

Related Posts

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
0
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
0
सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly