सबिना राई, जेठ २७, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ स्थित सिद्धिचरण लोकमार्गअन्तर्गत साल्मे पहिरो क्षेत्रमा सवारी दुर्घटनाको उच्च जोखिम रहेको भन्दै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको पहलमा रात्रीकालीन आवागमनलाई सुरक्षित बनाउन विद्युतिय पोल तथा हेलेजेन बत्ती जडान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी विकास राईका अनुसार बुधबार विभिन्न सरकारी निकायसँगको समन्वय तथा सहयोगमा वर्षायाममा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण र विपद् व्यवस्थापनलाई लक्षित गर्दै उक्त क्षेत्रमा ३ वटा विद्युतिय पोल र ५ वटा हेलेजेन बत्ती जडान गरी सञ्चालनमा ल्याइएको हो । साल्मे पहिरो क्षेत्र वर्षायाममा विशेष जोखिमयुक्त मानिने भएकाले रातिको समयमा सवारी साधन सञ्चालन तथा यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै प्रकाश व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।
यसैबीच जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले बर्खायाम सुरु भएसँगै सम्पूर्ण यात्रु तथा सवारी चालकहरूलाई सतर्कतापूर्वक यात्रा गर्न आग्रह गरेको छ। साथै कुनै घटना, समस्या वा विपद्को अवस्था आएमा नजिकको प्रहरी कार्यालय वा आकस्मिक नम्बर १०० मा सम्पर्क गर्न अनुरोध गरेको छ ।










Discussion about this post