जेठ २८, सोलुखुम्बु । शेर्पा समाज माप्य दूधकोशीद्वारा सका दावाको अवसरमा आयोजित रक्तदान कार्यक्रम बुधबार बौद्ध क्षेत्रमा सफलतापूर्वक सम्पन्न भएको छ । मानव सेवाको उद्देश्यले आयोजित उक्त कार्यक्रममा ७४ जना रक्तदाताले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरूमध्ये ४७ जना पुरुष र २७ जना महिला रहेका छन्। सहभागी रक्तदाताहरूले आफ्नो अमूल्य रगत दान गरी मानव सेवाको महान कार्यमा महत्वपूर्ण योगदान पुर्याएका छन् ।
आयोजक संस्थाले रक्तदान कार्यक्रममा सहभागी भई सहयोग पुर्याउने सम्पूर्ण रक्तदाताहरू, स्वयंसेवकहरू, सहयोगीहरू तथा शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गरेको छ । कार्यक्रमलाई सफल बनाउन सबै पक्षबाट प्राप्त सहयोग उल्लेखनीय रहेको आयोजकको भनाइ छ ।
“रक्तदान जीवनदान हो” भन्ने महान् भावनाका साथ गरिएको यस पुण्य कार्यले रगतको अभावमा उपचाररत धेरै बिरामीहरूको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ । शेर्पा समाज माप्य दूधकोशीले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व तथा मानवीय सेवासँग सम्बन्धित यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ ।










Discussion about this post