Thursday, August 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुण्डको डम्पिङ साइटमा संकलित फोहोर बढाबढमार्फत बिक्री

Radio Everest by Radio Everest
June 14, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सबिना राई, जेठ ३१, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ स्थित डम्पिङ साइटमा संकलित नकुहिने फोहोरजन्य सामग्रीहरू बढाबढ प्रक्रियामार्फत बिक्री गर्न थालिएको छ। प्लास्टिकजन्य सामग्री, कार्टन, कागज, कपडा लगायतका मिश्रित फोहोरलाई व्यवस्थापन गर्दै नगरपालिकाले फोहोर व्यवस्थापनलाई थप प्रभावकारी बनाएको हो। सोलुदुधकुण्ड नगरपालिकाले निर्माण गरेको डम्पिङ साइटको व्यवस्थापनमा सोलु च्यामले समेत सहकार्य गर्दै आएको छ।

नगरपालिका र विभिन्न संघसंस्थाहरूको संयुक्त प्रयासका कारण एक समय फोहोरले अस्तव्यस्त देखिने सल्लेरी बजार पछिल्लो समय उल्लेखनीय रूपमा सफा र व्यवस्थित बन्दै गएको स्थानीयहरू बताउँछन्। नगरपालिकाले दैनिक रूपमा विभिन्न प्रकारका फोहोर संकलन गरी डम्पिङ साइटसम्म पुर्याउने व्यवस्था मिलाएको छ। उक्त डम्पिङ साइटबाट हाल सात जना स्थानीयवासीले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन्।

उनीहरूले नगरपालिका क्षेत्रबाट संकलित फोहोरमध्ये पुनः प्रयोग गर्न सकिने सामग्री छुट्याएर प्याकिङ गरी सुरक्षित रूपमा भण्डारण गर्ने कार्य गर्दै आएका छन्। सोलुदुधकुण्ड नगरपालिका वातावरण शाखा प्रमुख मुना खत्रीका अनुसार संकलित नकुहिने तथा पुनः प्रयोगयोग्य फोहोरलाई प्रशोधन तथा पुनर्चक्रणका लागि सुनसरीको इनरुवातर्फ पठाउने गरिएको छ। यसबाट फोहोर व्यवस्थापनसँगै वातावरण संरक्षणमा समेत सकारात्मक योगदान पुगेको छ।

पहिले डम्पिङ साइटमा बिक्रीका लागि तयार गरिएका फोहोर सामग्री गाडीमा लोड तथा अनलोड गर्न निकै कठिन हुने गरेको थियो। तर हालै नगरपालिकाले लोड–अनलोड गर्ने मेसिन खरिद गरेपछि कर्मचारीहरूको काम सहज हुनुका साथै समय र श्रमको पनि बचत भएको छ।

फोहोर व्यवस्थापनलाई व्यवस्थित, दिगो र वातावरणमैत्री बनाउने अभियानमा सोलुदुधकुण्ड नगरपालिका र सोलु च्यामले खेलेको भूमिकाको स्थानीय स्तरमा प्रशंसा भइरहेको छ। सरसफाइ, पुनर्चक्रण तथा रोजगारी सिर्जनालाई एकैसाथ अघि बढाएको यस पहललाई जिल्लाकै उदाहरणीय अभ्यासका रूपमा हेरिएको छ। स्थानीयवासीहरूका अनुसार नगरपालिकाको सक्रियता, सोलु च्यामको सहकार्य तथा सम्बन्धित निकायहरूको निरन्तर प्रयासका कारण सल्लेरी बजारको सौन्दर्य मात्र बढेको छैन, वातावरणीय चेतना पनि विस्तार हुँदै गएको छ।

Previous Post

महुली लघुवित्तको १४औँ वार्षिकोत्सवमा वृक्षरोपण

Next Post

सुनकोशी किनारमा फेला परेको शवको सनाखत, परिवारले बुझ्यो शव

Related Posts

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
0
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
0
सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly