असार १, सोलुखुम्बु । हरेक निकायमा महिलाको नेतृत्व सुनिश्चित गर्ने उद्देश्यले अन्तर पुस्ता महिलाबादी मञ्चको आयोजनामा कोशी प्रदेशस्तरीय कार्यक्रम सोलुखुम्बुमा पनि सञ्चालन गरिने भएको छ । मानव अधिकारको लागि महिला, एकल महिला संस्था सोलुखुम्बुकी अध्यक्ष सूर्य कुमारी सुनुवारका अनुसार उक्त कार्यक्रम असार ५ गते शुक्रबार दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म जिल्ला समन्वय समितिको प्राङ्गणमा आयोजना गरिनेछ ।
कार्यक्रममा महिला नेतृत्वको विकास, निर्णय प्रक्रियामा महिलाको सहभागिता वृद्धि तथा विभिन्न निकायमा महिलाको प्रतिनिधित्व सुदृढ गर्ने विषयमा छलफल गरिने जनाइएको छ । साथै विभिन्न उमेर समूहका महिलाबीच अनुभव आदानप्रदान गर्दै नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, महिला अधिकारकर्मी, सामाजिक अभियन्ता तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । कार्यक्रमले महिलाको नेतृत्व विकास तथा समान अवसर सुनिश्चित गर्न थप सहयोग पुग्ने विश्वास गरिएको छ ।











Discussion about this post