असार १, सोलुखुम्बु । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्व ४४ करोड ९८ लाख रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङ्थेपले गतवर्षको भन्दा १२ दशमलब ७४ प्रतिशत बढिको बजेट प्रस्तुत गर्नुभएको छ । लिङ्थेपले चालूतर्फ १३ अर्व ९७ लाख ६३ लाख र पूँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख बजेट विनियोजन गरिएको बताउनुभयो। यो बजेट पूँजीगततर्फ ५१दशमलब ३२ प्रतिशत र चालूतर्फ ३४ दशमलब ५५ प्रतिशत हो ।
यस्तै वित्तीय व्यवस्थापनतर्फ १५ करोड रुपैयाँ विनियोजन भएको छ । मन्त्री लिङ्थेपले उक्त खर्च व्यहोर्ने स्रोतमा आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, राजस्व बाँडफाँडबाट १२ अर्ब ८७ करोड, संघबाट आउने वित्तीय समानीकरणबाट ९ अर्ब १२ करोड, सशर्त अनुदान ५ अर्ब ९५ करोड, समपुरक ६४ करोड, विशेष अनुदान ५५ करोड, रोयल्टीबाट प्राप्त हुने रकम ४१ करोड, सोझै भुक्तानीबाट २० करोड र बाँकी अपुग रकम नगद मौज्दातबाट ५ अर्ब व्यहोर्ने उल्लेख गर्नुभएको छ ।











Discussion about this post