सबिना राई, सोलुखुम्बु, असार २ । नेपाली कम्युनिष्ट पार्टी सोलुखुम्बुको जिल्ला संगठनमा नयाँ जिम्मेवारी तोकिएको छ। पार्टीले जिल्ला इन्चार्जमा हेम कुमार राई र संयोजकमा जाङ्वो दोर्जे शेर्पा लाई जिम्मेवारी प्रदान गरेको छ। मंगलबार कोशी प्रदेश अन्तर्गतका जिल्ला कमिटी, प्रादेशिक विभाग तथा जनवर्गीय संगठनहरूको कार्यविभाजन टुङ्ग्याउने क्रममा सोलुखुम्बुमा नयाँ नेतृत्व व्यवस्थापन गरिएको हो। पार्टीका अनुसार संगठनलाई व्यवस्थित र नियमित रूपमा सञ्चालन गर्न यो कार्यविभाजन गरिएको हो।
पार्टीका संयोजक पुष्पकमल दाहाल र सह–संयोजक माधव कुमार नेपाल को हस्ताक्षरमा जारी आन्तरिक परिपत्रअनुसार कोशी प्रदेशमा ८६ सदस्यीय प्रदेश कार्य संयोजन समिति गठन गरिएको छ। परिपत्रमा प्रदेशका १३ जिल्लामा इन्चार्ज, सह–इन्चार्ज, संयोजक र सह–संयोजकको जिम्मेवारी बाँडफाँट गरिएको उल्लेख छ। पार्टी नेतृत्वले यस कदमले संगठनात्मक कामलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।










Discussion about this post