असार ३, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाले ७० वर्षमाथिका ज्येष्ठ नागरिकहरूलाई हलेसी महादेव मन्दिर दर्शनका लागि पठाएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को ज्येष्ठ नागरिक सम्मान तथा धार्मिक भ्रमण कार्यक्रम अन्तर्गत बुधबार हलेसी महादेव मन्दिर दर्शनका लागि पठाएको हो । गाउँपालिकाका अध्यक्ष मिना कार्की बस्नेतका अनुसार ज्येष्ठ नागरिकहरूको सम्मान, धार्मिक आस्था र सामाजिक सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्यले मन्दिर पठाइएको हो ।
उहाँले गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रमअनुसार ज्येष्ठ नागरिकहरूको मनोबल उच्च राख्न तथा उनीहरूको धार्मिक इच्छालाई सम्मान गरिएको बताउनुभयो । गाउँपालिकाको आयोजनामा सञ्चालन भएको उक्त भ्रमणमा विभिन्न वडाका ज्येष्ठ नागरिकहरूको उत्साहजनक सहभागिता रहेको छ । सहभागीहरूलाई सुरक्षित र व्यवस्थित रूपमा हलेसी महादेवसम्म पुर्याउने व्यवस्था गाउँपालिकाले मिलाएको जनाएको छ ।
भ्रमणका क्रममा ज्येष्ठ नागरिकहरूले हलेसी महादेवको दर्शन तथा पूजा–आराधना गर्नुका साथै धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वका विषयमा जानकारी प्राप्त गर्नेछन् । धार्मिक स्थलको अवलोकनले उनीहरूमा आध्यात्मिक शान्ति, आपसी सद्भाव तथा सामाजिक सम्बन्ध थप मजबुत हुने विश्वास गाउँपालिकाले लिएको छ ।










Discussion about this post