Thursday, August 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

साल्मेबासीको गुनासो : हाइड्रोसँग भएका सम्झौता कार्यान्वयन र बस्तीको सुरक्षा सुनिश्चित गर्न माग

Radio Everest by Radio Everest
June 18, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सबिना राई, असार ४, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ साल्मेका स्थानीयवासीले अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडसँग विगतमा भएका सम्झौताहरू कार्यान्वयन गर्न तथा बस्तीको जिउधनको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन् । स्थानीयवासीहरूले सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र सुवेदी मार्फत बिहिबार ज्ञापनपत्र बुझाउँदै आयोजना निर्माणका क्रममा भएको ब्लास्टिङ तथा सुरुङ निर्माणका कारण साल्मे क्षेत्रको भू–धरातल कमजोर बनेको दाबी गरेका छन् ।

उनीहरूले वर्षायाममा ठूला पहिरोको जोखिम बढेको र बस्ती उच्च जोखिममा परेकाले आफूहरू निरन्तर त्रासमा बाँच्न बाध्य भएको उल्लेख गरेका छन् । ज्ञापनपत्रमा स्थानीयहरूले आफूहरू विकास विरोधी नभई आयोजना निर्माणदेखि सञ्चालनसम्म नमूना सहयोग गरेको दाबी गरेका छन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाले कुनै बन्द–हडताल नगरी आयोजना सम्पन्न गर्न महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको रोहवरमा विभिन्न समयमा आयोजना र स्थानीयबीच लिखित तथा मौखिक सहमति भएको बताएका छन् ।

स्थानीयका अनुसार बस्तीको सुरक्षा, भरपर्दो बीमा व्यवस्था, विपद् पूर्वतयारी तथा व्यवस्थापन, ‘एक घर एक रोजगार’ कार्यक्रम, सामाजिक उत्तरदायित्व अन्तर्गत खानेपानी, सडक, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा वार्षिक लगानी गर्ने लगायतका प्रतिबद्धता हालसम्म कार्यान्वयन भएका छैनन् । ज्ञापनपत्रमा मुख्य सडकभन्दा तल रहेका जोखिमयुक्त घरजग्गाको उचित मूल्याङ्कन गरी तत्काल स्थानान्तरण गर्नुपर्ने मागसमेत गरिएको छ । स्थानीयहरूले आयोजनाले विगतका सहमति तथा प्रतिबद्धताहरू कार्यान्वयन नगरेको आरोप लगाउँदै यथाशीघ्र कार्यान्वयनका लागि प्रशासनसँग पहल गरिदिन अनुरोध गरेका छन् ।

त्यसैगरी स्थानीयहरूले आयोजनासँग सम्बन्धित एक कर्मचारीले सरकारी निकायको नाम र शक्तिको दुरुपयोग गर्दै स्थानीय समुदायमा भ्रम र त्रास सिर्जना गरेको आरोपसमेत लगाएका छन् । उक्त व्यक्तिलाई स्थानीय र आयोजनाको सहमतिमा सोलु साइटबाट हटाइएको जानकारी पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

ज्ञापनपत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, ऊर्जा मन्त्रालय, विद्युत् विकास विभाग, प्रतिनिधिसभा सदस्य प्रकाशसिंह कार्कीको सचिवालय, सोलुदुधकुण्ड नगरपालिका, वडा कार्यालय तथा अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडलगायत सम्बन्धित निकायहरूलाई दिइएको छ । स्थानीयवासीहरूले आफ्नो बस्तीको दीर्घकालीन सुरक्षा, उचित पुनस्र्थापना तथा विगतका सम्झौताहरूको कार्यान्वयन नभएसम्म सम्बन्धित निकायले गम्भीर ध्यान दिनुपर्ने बताएका छन् ।

Previous Post

उज्यालो नेपाल पार्टीको सोलुखुम्बु निर्वाचन क्षेत्र इन्चार्जको जिम्मेवारी पेम्बा छिरी शेर्पालाई

Next Post

लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

Related Posts

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
0
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
0
सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly