Tuesday, September 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

Radio Everest by Radio Everest
June 18, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ४, सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका–८ केरुङमा निर्माण सम्पन्न भएको नयाँ वडा प्रशासनिक भवन उद्घाटन गरिएको छ । आधुनिक सुविधा सम्पन्न भवन सञ्चालनमा आएसँगै स्थानीय नागरिकले अब व्यवस्थित र सहज वातावरणमा सरकारी सेवा प्राप्त गर्न थालेका छन् । सोलुदुधकुण्ड नगरपालिकाको ४० प्रतिशत र जिल्ला समन्वय समिति सोलुखुम्बुको ६० प्रतिशत लागत साझेदारीमा निर्माण गरिएको भवनको एक कार्यक्रमबीच उद्घाटन गरिएको हो । भवन निर्माणका लागि भ्याट सहित १ करोड लाख १४ लाख रुपैयाँ खर्च भएको थियो ।

यसअघि जीर्ण अवस्थाको पुरानो भवनबाट सेवा प्रवाह गर्दै आएको वडा कार्यालय अब आफ्नै सुविधा सम्पन्न भवनमा स्थानान्तरण भएको छ। नयाँ भवनमा कार्यालय सञ्चालनका लागि आवश्यक संरचनासहित मेलमिलाप कक्ष, व्यवस्थीत शौलाचय, वडा स्तरीय पशु तथा कृषि शाखाको समेत व्यवस्था गरिएको छ । यसका अलावा भव्य सभाहलको समेत व्यवस्था छ । जसले स्थानीयस्तरका बैठक, अन्तरक्रिया तथा सामुदायिक कार्यक्रम सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ।

उद्घाटन कार्यक्रममा बोल्दै सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले स्थानीय तहको सेवा प्रवाहलाई प्रभावकारी बनाउन भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गरिएको बताउनुभयो । केरुङ भौगोलिक र जनसङ्ख्याका दृष्टिले महत्वपूर्ण वडा भएकाले नगरपालिकाले यस क्षेत्रको विकासलाई विशेष प्राथमिकता दिएको उहाँको भनाइ थियो । मेयर शेर्पाले केरुङको विकास र समृद्धि सधैँ आफ्ना प्राथमिकताको विषय रहँदै आएको समेत उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै लागत साझदार निकाय जिल्ला समन्वय समितिका उपप्रमुख टिकामाया मगरले स्थानीय सरकारको विकास निर्माणका कदमहरुमा जिल्ला समन्वय समिति सधै साथमा रहेको दावी गर्नुभएको थियो ।

यस्तै नगरउपप्रमुख गान्धिमाया तामाङले भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने आङ दोर्जी शेर्पाप्रति आभार व्यक्त गर्दै सार्वजनिक सेवाको गुणस्तर अभिवृद्धिमा भवनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

वडा अध्यक्ष पासाङ कटुवालले नयाँ भवन सञ्चालनमा आएसँगै नागरिकलाई छिटो, सहज र व्यवस्थित सेवा उपलब्ध गराउन थप सहयोग पुग्ने बताउनुभयो । उहाँका अनुसार लामो समयदेखि पुरानो पञ्चायतीकालीन भवनबाट सेवा सञ्चालन हुँदै आएको थियो । अब नयाँ भवनले कार्यालय व्यवस्थापनका साथै सामुदायिक गतिविधि सञ्चालनमा समेत सहजता ल्याउनेछ ।

भवन उद्घद्दाटन कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकााक प्रवक्ता तथा वडा नम्बर ६का अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पा, वडा नम्बर ७ गार्माका अध्यक्ष सोनाम ग्याल्जेन शेर्पा, वडा नम्बर १० का अध्यक्ष होम बहादुर मगर लगायतले शुभकामना व्यक्त गर्दै भवन निर्माणका लागी वडालाई बधाई व्यक्त गर्नुभएको थियो ।

निर्माण कम्पनी ग्रीन तारा कन्स्ट्रक्सन प्रालिले निर्धारित समयभित्र भवन निर्माण सम्पन्न गरेको हो। भवन निर्माणसँगै केरुङमा स्थानीय सरकारको संस्थागत क्षमता र सेवा प्रवाहको स्तर थप मजबुत बनेको स्थानीयवासीको अपेक्षा छ ।

स्थानीय तहको सेवा प्रवाहलाई थप प्रभावकारी र नागरिकमैत्री बनाउने उद्देश्यसहित निर्माण गरिएको भवन केरुङको विकास यात्रामा महत्वपूर्ण पूर्वाधारका रूपमा स्थापित हुने विश्वास गरिएको छ।

Previous Post

लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

Next Post

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

Related Posts

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
0
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
0
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
0
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
0
Next Post
थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

Discussion about this post

Everest Highlights

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

September 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly