जेठ २९, सोलुखुम्बुखुम्बु पासाङ ल्हामु गाउँपालिकामा तृतीय राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पा स्मृति कप सुरु भएको छ । मंगलबारबाट प्रथम महिला नेपाली सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको ३१ वर्ष पुगेको उपलक्षमा शेर्पा स्मृति कप सुरु भएको हो ।
खुम्बु पासाङ ल्हामु गाउँपालिका र पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको प्रायोजन तथा ग्रिन तारा टोल विकास संस्थाको आयोजनामा प्रतियोगिता सुरु भएको ग्रिन तारा टोल विकास संस्थाका अध्यक्ष ङवाङ जिम्बा शेर्पाले जानकारी दिनुभयो ।
शेर्पाको अनुसार खुम्बु पासाङल्हामु गाउँपालिका २ सुर्केमा खेलकुदको माध्यमबाट पर्यटन प्रवर्धन, महिला सशक्तीकरण र समानताका लागि आवाज भन्ने उद्देश्यका साथ जिल्ला स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा पुरुष तर्फ ७ टिम र महिला तर्फ ३ टिम सहभागी भएका छन् ।
खेलमा प्रथम, द्वितिय र तृतीय हुने प्रतियोगी महिला, पुरुष दुवै टिमलाई क्रमशः १ लाख ३१ रुपैयाँ, ७५ हजार ३१ रुपैयाँ र ५० हजार ३१ रुपैयाँ नगद सहित ट्रफि, मेटल र प्रमाणपत्र प्रदान गरिने भएको छ । साथै उत्कृष्ट खेलाडीलाई १० हजार ३१ रुपैयाँ नगद सहित मेडल, प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । खेल आजबाट सुरु भई ३१ गते सम्म सञ्चालन गरिने भएको छ ।
Discussion about this post