जेठ २९ , सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका वडा नम्बर २ को वडा कार्यालय भनव १ करोड बढी लागतमा बन्ने भएको छ । जिल्ला समन्वय समितिको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत गरी १ करोड ५६ लाखको लागतमा वडा कार्यालय निर्माण गरिने भएको हो ।
सोताङ गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष श्याम कुमार खालिङका अनुसार ३ रोपानी जग्गामा दुई तले १२ कोठे प्रशासनिक भवन बन्ने भएको हो । जस्मा एउटा कोठामा सभाहल राखिने भएको छ । वडाको आफ्नै व्यबस्थित भवन भएपछि, शुशासनका अन्य सूचकमा सुधार गर्न सकिने अध्यक्ष राईले उल्लेख गर्दै सेवा दिने ठाउँ नै नहुनुचाहिँ समस्या हुने गरेको बताउनुभयो ।
दुई हप्ता अगाडीबाट उक्त प्रशासनिक भवन निर्माण कार्य सुरु गरी फाउन्डेशनको कार्य सम्पन्न भएको वडा कार्यालयले जनाएको छ । यस भवन पालिका भित्र निर्माण भएका भवन भन्दा केही फरक डिजाइनको बनाइने र आउँदो मंसिर अथवा पौष महिनामा निर्माण कार्य सम्पन्न गरी उद्घाटन गरिने वडा अध्यक्ष श्याम कुमार खालिङले जानकारी दिनुभयो ।
Discussion about this post