जेठ २९, सोलुखुम्बु । आफ्नै कन्सल्टेन्सी छ, अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने सोलुखुम्बुका एक व्यक्ति पक्राउ परेका छन । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ११ तिङलाका ४६ वर्षिय नारायण कुमार खड्कालाई प्रहरीले ठगी आरोपमा पक्राउ गरेको हो । उनलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिइएको प्रहरी टोलीले कञ्चनपुरको भिमदत्त नगरपालिका ११ बाट २८ गते पक्राउ गरेको हो । उनले हाल सम्म १० जना व्यक्तिहरुलाई विभिन्न देश सहित संयुक्त राज्य अमेरिका पठाइदिन्छु भन्दै आफ्नो खातामा रकम जम्मा गर्न लगाएर ठगि गरेको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार खड्काले पीडितहरुबाट अमेरिका पठाइदिन्छु भन्दै ४ करोड बढी रकम ठगि गरेका थिए । प्रहरीका अनुसार खड्काको ज्योति विकास बैंकमा रहेको खातामा ठगीको ४ करोड ३३ लाख ६८ हजार १ सय २२ रुपैयाँ रकम जम्मा भएको थियो । खड्काले पीडितहरुलाई आफ्नै कन्सल्टेन्सी छ, बैदेशिक रोजगारीका लागी पठाइदिन्छु भन्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
यस्तै अमेरिका पठाइदिने भनि भिएफएस भिजा फेसिलेसन सर्भिस समेत गर्न भारत लैजाने गरेको, पिडित हरुलाई अमेरिका भनेर सिंगापुर, आइवरी पोष्ट हुँदै घाना सम्म पु¥याएर अलपत्र पार्ने गरेको, अमेरिका सहित अजर अजरबैजान, कलकत्ता, पोर्चुगल, सुरीनामा हुँदै अेमरीका क्यानडा, ग्रिस, जर्मनी मेक्सिको पठाइदिन्छु भन्दै ठगी गर्ने गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनको साथबाट ठगीका लागी प्रयोग गर्ने सिमकार्ड सहितका फोन २ वटा, विभिन्न व्यक्तिहरुका राहदानी ५ वटा तथा राहदानीको प्रतिलिपी ७ वटा, बिभिन्न व्यक्तिहरुका नामाका काटिएको चेक ५९ थान, विभिन्न बैंकको चेक हरु २० थान, रकम जम्मा गरेको ३४ थान भौचर, लगायत बरामद गरेको छ । आरोपित खड्कालाई थप अनुसन्धानका लागी जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीलाई उदृत गर्दै सहकर्मी धनकुमार ढुंगेलले बताउनुभयो ।
Discussion about this post