Monday, October 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

Radio Everest by Radio Everest
June 29, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सोलुखुम्बु, असार १५ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ८ मा भव्यताका साथ राष्ट्रिय धान दिवस मनाइएको छ । कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वार्षिक स्वीकृत कार्यक्रम आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत विभिन्न दिवस कार्यक्रमअन्तर्गत २३ औँ राष्ट्रिय धान दिवस मनाइएको हो । “जलवायुमैत्री प्रविधि र धानमा आत्मनिर्भरता, समृद्धिको आधार“ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा कृषि ज्ञान केन्द्र सोलुखुम्बुका प्रमुख दुर्गा बहादुर तिरुवाको अध्यक्षता रहेको थियो ।

कार्यक्रममा थुलुङ दुधकोशी गाउँपालिका–८ का वडा अध्यक्ष राजेश राई, कृषि अर्थ विज्ञ, बागबानी विकास अधिकृत, कृषि प्राविधिक, कर्मचारी तथा स्थानीय किसानहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कृषि ज्ञान केन्द्र सोलुखुम्बुका प्रमुख दुर्गा बहादुर तिरुवाले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा चुनौती बढ्दै गएको उल्लेख गर्दै त्यसको सामना गर्न आधुनिक प्रविधिको प्रयोग अपरिहार्य भएको बताउनुभयो । उहाँले भन्नुभयो “नेपालको खाद्य सुरक्षाको आधार धान खेती हो। बदलिँदो जलवायुका कारण किसानले धेरै चुनौती भोगिरहेका छन् । अब परम्परागत ज्ञानसँगै जलवायुमैत्री प्रविधि अपनाएर उत्पादन बढाउनु आवश्यक छ ।

कृषि ज्ञान केन्द्र किसानको उत्पादन र आय वृद्धि गर्न आवश्यक प्राविधिक सहयोग तथा सेवा उपलब्ध गराउन सधैं प्रतिबद्ध छ ।” त्यसैगरी वडा अध्यक्ष राजेश राईले कृषि नै स्थानीय अर्थतन्त्रको प्रमुख आधार भएकाले किसानलाई आवश्यक पूर्वाधार, सिँचाइ, प्रविधि र बजारीकरणमा स्थानीय सरकारले प्राथमिकता दिइरहेको बताउनुभयो । नेपालमा हरेक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वका रूपमा मनाइन्छ ।

खेतमा धान रोपाइँको व्यस्त समयमा किसानले दही–चिउरा खाएर शक्ति प्राप्त गर्ने परम्परा रहिआएको छ । गर्मी मौसममा दही–चिउराले शरीरलाई शीतलता प्रदान गर्ने र ऊर्जा दिने विश्वास गरिन्छ । यही कारण खेतीपातीमा संलग्न किसान मात्र नभई अन्य पेशा र व्यवसायमा रहेका नेपालीले पनि असार १५ का दिन दही–चिउरा खाएर पर्व मनाउने गरेका छन् । नेपाल सरकारले २०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालेको हो । कृषिप्रधान देश नेपालमा अधिकांश नागरिकको जीविकोपार्जन खेतीपातीमा निर्भर रहेकाले धान दिवसले कृषि उत्पादन, किसानको सम्मान र कृषि संस्कृतिको संरक्षणमा विशेष महत्व राख्दै आएको छ ।

असारको समयमा किसानहरू असारे भाका गाउँदै हिलोमा धान रोप्ने परम्पराले नेपाली समाजको सांस्कृतिक पहिचानलाई समेत जीवन्त बनाएको छ । तर, यस वर्ष असार महिनाको मध्यसम्म पनि देशका धेरै स्थानमा पर्याप्त वर्षा नभएकाले अपेक्षाअनुसार धान रोपाइँ हुन सकेको छैन । केही क्षेत्रमा रासायनिक मलको अभावले समेत किसानहरू समस्यामा परेका छन् । यस्ता चुनौतीका बीच जलवायुमैत्री प्रविधि, समयमै कृषि सामग्रीको उपलब्धता र प्रभावकारी सरकारी सहयोगमार्फत धान उत्पादन बढाउँदै खाद्यान्नमा आत्मनिर्भर बन्नुपर्ने आवश्यकता कार्यक्रममा सहभागीहरूले औँल्याएका छन् ।

Previous Post

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको नवनियुक्त अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण

Next Post

शिक्षाको गुणस्तर सुधारमा थुलुङ दुधकोशीको पहल – रीड नेपालकाे सहर्कायमा २६ शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

Related Posts

सोलुदुधकुण्ड–४ फाप्लु जिल्लाकै तेस्रो बालमैत्री वडा घोषित

सोलुदुधकुण्ड–४ फाप्लु जिल्लाकै तेस्रो बालमैत्री वडा घोषित

October 11, 2026
0
प्रशासनद्वारा आयोजित खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

प्रशासनद्वारा आयोजित खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

October 11, 2026
0
बालबालिका र अभिभावकलाई खेलमार्फत जोड्दै ह्वाइट हिल्स स्कुल

बालबालिका र अभिभावकलाई खेलमार्फत जोड्दै ह्वाइट हिल्स स्कुल

October 11, 2026
0
‘म धर्मगुरु होइन, झाँक्री गुरु मात्र हुँ’ : प्रकाश भुजेल

‘म धर्मगुरु होइन, झाँक्री गुरु मात्र हुँ’ : प्रकाश भुजेल

October 11, 2026
0
Next Post
शिक्षाको गुणस्तर सुधारमा थुलुङ दुधकोशीको पहल – रीड नेपालकाे सहर्कायमा २६ शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

शिक्षाको गुणस्तर सुधारमा थुलुङ दुधकोशीको पहल - रीड नेपालकाे सहर्कायमा २६ शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

Discussion about this post

Everest Highlights

सोलुदुधकुण्ड–४ फाप्लु जिल्लाकै तेस्रो बालमैत्री वडा घोषित

सोलुदुधकुण्ड–४ फाप्लु जिल्लाकै तेस्रो बालमैत्री वडा घोषित

October 11, 2026
प्रशासनद्वारा आयोजित खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

प्रशासनद्वारा आयोजित खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

October 11, 2026
बालबालिका र अभिभावकलाई खेलमार्फत जोड्दै ह्वाइट हिल्स स्कुल

बालबालिका र अभिभावकलाई खेलमार्फत जोड्दै ह्वाइट हिल्स स्कुल

October 11, 2026
‘म धर्मगुरु होइन, झाँक्री गुरु मात्र हुँ’ : प्रकाश भुजेल

‘म धर्मगुरु होइन, झाँक्री गुरु मात्र हुँ’ : प्रकाश भुजेल

October 11, 2026
भोटेकोशी बाढीपीडित सोलुखुम्बुका १४ परिवारलाई सात लाख रुपैयाँ सहयोग प्रदान

भोटेकोशी बाढीपीडित सोलुखुम्बुका १४ परिवारलाई सात लाख रुपैयाँ सहयोग प्रदान

October 11, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुदुधकुण्ड–४ फाप्लु जिल्लाकै तेस्रो बालमैत्री वडा घोषित

सोलुदुधकुण्ड–४ फाप्लु जिल्लाकै तेस्रो बालमैत्री वडा घोषित

October 11, 2026
प्रशासनद्वारा आयोजित खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

प्रशासनद्वारा आयोजित खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

October 11, 2026
बालबालिका र अभिभावकलाई खेलमार्फत जोड्दै ह्वाइट हिल्स स्कुल

बालबालिका र अभिभावकलाई खेलमार्फत जोड्दै ह्वाइट हिल्स स्कुल

October 11, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly