Friday, October 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ताप्ली गाउँपालिकाद्वारा दलित समुदाय लक्षित कार्यक्रम, अन्तरजातीय दम्पती र ज्येष्ठ नागरिक सम्मान

Radio Everest by Radio Everest
July 9, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

ठविन्द्र मगर, असार २५,उदयपुर । उदयपुरको ताप्ली गाउँपालिकाले दलित समुदायको आर्थिक तथा सामाजिक सशक्तीकरणलाई लक्षित गर्दै यान्त्रीकरणसम्बन्धी सामग्री वितरण तथा ज्येष्ठ नागरिक र अन्तरजातीय विवाह गरेका दम्पतीलाई सम्मान गरेको छ। बुधबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष ढुङ्गराज विश्वकर्माको अध्यक्षता तथा जिल्ला समन्वय समिति उदयपुरका उपाध्यक्ष तेजप्रसाद गिरीको प्रमुख आतिथ्य रहेको थियो।

कार्यक्रममा गाउँपालिका क्षेत्रभित्रका अन्तरजातीय विवाह गरेका दम्पतीलाई नगद, सम्मानपत्र तथा दोसल्ला प्रदान गरी सम्मान गरिएको गाउँपालिकाले जनाएको छ। यस्तै, सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका ज्येष्ठ नागरिकलाई लठ्ठी र सम्मानपत्र प्रदान गरिएको थियो। दलित समुदायको परम्परागत पेसालाई आधुनिक र व्यवस्थित बनाउने उद्देश्यले यान्त्रीकरण पञ्चेबाजा सामग्री, आरन व्यवसायका लागि आधुनिक औजार, सिलाइ–कटिङ मेसिन तथा आलु चिप्स उत्पादनका लागि आधुनिक उपकरणसमेत वितरण गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष विश्वकर्माले संघीय सरकारको कानुनी व्यवस्था तथा स्थानीय तहको अधिकार क्षेत्रभित्र रही दलितसम्बन्धी ऐन र कार्यविधि निर्माण गरी सोहीअनुसार विभिन्न उत्थानमुखी कार्यक्रम सञ्चालन गर्दै आएको बताए। उनका अनुसार संघ, प्रदेश र स्थानीय तहबाट विनियोजित बजेटमार्फत दलित समुदायका विपन्न परिवारलाई सीपमूलक तथा उद्यमशीलता तालिम, व्यवसाय प्रवर्द्धन, यान्त्रीकरण उपकरण सहयोगलगायतका कार्यक्रम निरन्तर सञ्चालन भइरहेका छन्। गाउँपालिकाले यस्ता कार्यक्रमले दलित समुदायको आर्थिक आत्मनिर्भरता अभिवृद्धि गर्नुका साथै सामाजिक समावेशीकरण र सम्मानको संस्कृतिलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।

Previous Post

२.२ अर्ब युआन घुसकाण्ड : चीनका पूर्वअधिकारी याङ योउलिनलाई मृत्युदण्ड

Next Post

भालु आतंकले सोलुखुम्बुका किसान चिन्तित, मकैबाली जोगाउन हम्मेहम्मे

Related Posts

विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

October 9, 2026
0
सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

October 9, 2026
0
सोलुखुम्बुका सरकारी कार्यालय बिहान ९ बजे खुले

सोलुखुम्बुमा दसैँ–तिहारको अवसरमा खुला ब्याडमिन्टन प्रतियोगिता हुने

October 9, 2026
0
सोलुदुधकुण्डमा अनाधिकृत नदीजन्य पदार्थ उत्खननमा रोक, अवज्ञा गरे दुई लाखसम्म जरिवाना हुने

भोटेकोशी बाढीपीडितका लागि सोलुदूधकुण्डका राष्ट्रसेवकले जुटाए ३३ लाख

October 9, 2026
0
Next Post
भालु आतंकले सोलुखुम्बुका किसान चिन्तित, मकैबाली जोगाउन हम्मेहम्मे

भालु आतंकले सोलुखुम्बुका किसान चिन्तित, मकैबाली जोगाउन हम्मेहम्मे

Discussion about this post

Everest Highlights

विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

October 9, 2026
सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

October 9, 2026
सोलुखुम्बुका सरकारी कार्यालय बिहान ९ बजे खुले

सोलुखुम्बुमा दसैँ–तिहारको अवसरमा खुला ब्याडमिन्टन प्रतियोगिता हुने

October 9, 2026
सोलुदुधकुण्डमा अनाधिकृत नदीजन्य पदार्थ उत्खननमा रोक, अवज्ञा गरे दुई लाखसम्म जरिवाना हुने

भोटेकोशी बाढीपीडितका लागि सोलुदूधकुण्डका राष्ट्रसेवकले जुटाए ३३ लाख

October 9, 2026
दशैँको पाँचदिने गन्तव्य : पत्तालेको हिमालदेखि रातनाङ्गेको शान्ति सम्म

दशैँको पाँचदिने गन्तव्य : पत्तालेको हिमालदेखि रातनाङ्गेको शान्ति सम्म

October 9, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

October 9, 2026
सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

October 9, 2026
सोलुखुम्बुका सरकारी कार्यालय बिहान ९ बजे खुले

सोलुखुम्बुमा दसैँ–तिहारको अवसरमा खुला ब्याडमिन्टन प्रतियोगिता हुने

October 9, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly