Friday, October 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

रास्वपा छोडेर कांग्रेस फर्किए ल्हाक्पा, अश्विन बाबु थापा र नवीन थापाको पहल निर्णायक

Radio Everest by Radio Everest
July 9, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सोलुखुम्बु, असार २५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्दै सोलुखुम्बुका युवा राजनीतिककर्मी ल्हाक्पा शेर्पा पुनः नेपाली कांग्रेसमा फर्किएका छन्। कांग्रेसमा उनको पुनरागमनका लागि नेपाली कांग्रेसका नेता अश्विन बाबु थापा र नवीन थापाले महत्वपूर्ण पहल गरेको बताइएको छ।

ल्हाक्पाले सामाजिक सञ्जालमार्फत आफू नेपाली कांग्रेसमा पुनः आबद्ध भएको जानकारी दिँदै पार्टीभित्र नेतृत्व हस्तान्तरण र पुस्तान्तरण हुनुपर्ने आफ्नो धारणा सुरुदेखि नै रहेको उल्लेख गरेका छन्। वर्तमान राजनीतिक परिवेश र पार्टीभित्र देखिएको नयाँ नेतृत्वप्रतिको विश्वासका कारण आफू पुनः नेपाली कांग्रेसमा फर्किएको उनको भनाइ छ।

कांग्रेस स्रोतका अनुसार ल्हाक्पालाई पार्टीमा पुनः फर्काउन नेता अश्विन बाबु थापा र नवीन थापाले लामो समयदेखि निरन्तर संवाद, समन्वय र पहल गरेका थिए। उनीहरूको सक्रिय प्रयासपछि ल्हाक्पाले रास्वपा छोड्दै नेपाली कांग्रेस रोज्ने निर्णय गरेको जनाइएको छ।

ल्हाक्पाले अब लोकतन्त्रलाई थप सुदृढ बनाउन नेपाली कांग्रेसभित्र रहेर सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आफूसँग विभिन्न समयमा जोडिएका साथीहरूलाई पनि पुरानो राजनीतिक घर नेपाली कांग्रेसमा फर्कन आग्रह गरेका छन्।

यसैबीच, नेपाली कांग्रेसका केन्द्रीय सदस्य आङ्गेलु शेर्पा तथा नेपाली कांग्रेस सोलुखुम्बुका पूर्व सभापति विनोदकुमार बस्नेतको उपस्थितिमा ल्हाक्पाको क्रियाशील सदस्यता समेत अद्यावधिक गरिएको जनाइएको छ।

स्थानीय राजनीतिक वृत्तमा ल्हाक्पाको पुनरागमनलाई नेपाली कांग्रेसका लागि सकारात्मक सन्देशका रूपमा हेरिएको छ। विशेषगरी युवा पुस्तालाई पार्टीसँग जोड्ने अभियानमा अश्विन बाबु थापा र नवीन थापाले खेलेको भूमिकालाई कांग्रेस कार्यकर्ताले अर्थपूर्ण पहलका रूपमा चर्चा गरेका छन्।

Previous Post

मजदुरी माग्न गएका अधिकारीलाइ खुकुरी प्रहार गरि हत्या

Next Post

केपिलासगढी गाउँपालिकाद्वारा आर्थिक वर्षको आय–व्यय सार्वजनिकः ९७ प्रतिशत राजस्व संकलन, पुँजीगत खर्च ७२ प्रतिशत

Related Posts

विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

October 9, 2026
0
सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

October 9, 2026
0
सोलुखुम्बुका सरकारी कार्यालय बिहान ९ बजे खुले

सोलुखुम्बुमा दसैँ–तिहारको अवसरमा खुला ब्याडमिन्टन प्रतियोगिता हुने

October 9, 2026
0
सोलुदुधकुण्डमा अनाधिकृत नदीजन्य पदार्थ उत्खननमा रोक, अवज्ञा गरे दुई लाखसम्म जरिवाना हुने

भोटेकोशी बाढीपीडितका लागि सोलुदूधकुण्डका राष्ट्रसेवकले जुटाए ३३ लाख

Discussion about this post

Everest Highlights

दशैँको पाँचदिने गन्तव्य : पत्तालेको हिमालदेखि रातनाङ्गेको शान्ति सम्म

दशैँको पाँचदिने गन्तव्य : पत्तालेको हिमालदेखि रातनाङ्गेको शान्ति सम्म

October 9, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

October 9, 2026
सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

October 9, 2026
सोलुखुम्बुका सरकारी कार्यालय बिहान ९ बजे खुले

सोलुखुम्बुमा दसैँ–तिहारको अवसरमा खुला ब्याडमिन्टन प्रतियोगिता हुने

October 9, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly