असार ३०, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले आफ्ना मातहतका सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरूलाई समयमै सम्पत्ति विवरण बुझाउन सार्वजनिक सूचना जारी गरेको छ । गाउँपालिकाले असार २९ गते सूचना जारी गर्दै आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण पेश गर्न ताकेता गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज कोइरालाद्वारा हस्ताक्षरित सूचना अनुसार, भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा १ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ (क) को उपदफा (१) बमोजिम सार्वजनिक पद धारण गरेका प्रत्येक व्यक्तिले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ । सोही व्यवस्था अनुसार गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरू, गाउँपालिका तथा मातहतका स्थायी एवं करार सेवामा कार्यरत कर्मचारीहरूले अनिवार्य रूपमा सम्पत्ति विवरण पेश गर्नुपर्नेछ ।











Discussion about this post