असार ३०, सोलुखुम्बु । सोलुखुम्बुका विभिन्न सामुदायिक विद्यालयमा कार्यरत ११ जना शिक्षक आगामी शैक्षिक सत्र २०८३ सालको साउनदेखि पुस मसान्तभित्र उमेर हदका कारण अनिवार्य अवकाशमा जाने भएका छन् । राष्ट्रिय किताबखाना (शिक्षक) ले सार्वजनिक गरेको अभिलेखअनुसार अनिवार्य अवकाश पाउने शिक्षकमध्ये ९ जना प्राथमिक तहका र २ जना माध्यमिक तहका रहेका छन् ।
अनिवार्य अवकाशमा जाने प्राथमिक तहका शिक्षकहरूमा माप्य दूधकोशी गाउँपालिकास्थित दूधकोशी आधारभूत विद्यालयका ल्हाक्पा शेर्पा, कुइभिर निम्न माध्यमिक विद्यालयका जनकबहादुर बस्नेत, शिशु कल्याण आधारभूत विद्यालयका लालबहादुर राई र अमृतबहादुर प्रधान, तोस्खम प्राथमिक विद्यालयका शिवकुमार राउत, दीपज्योति आधारभूत विद्यालयका ध्रुवकुमार खड्का, महेन्द्र ज्योति माध्यमिक विद्यालय, चौरीखर्कका ढालबहादुर मगर, सोताङ आधारभूत विद्यालयका निरकुमारी बस्नेत गौतम तथा जाल्पा प्राथमिक विद्यालयका रोहित वास्तोला रहेका छन्।
यस्तै माध्यमिक तहतर्फ वीरेन्द्रोदय माध्यमिक विद्यालय, मुक्लीका दिलकुमार राई तथा महेन्द्रोदय प्राथमिक विद्यालयका माध्यमिक तहका शिक्षक राजनकुमार बस्नेत पनि अनिवार्य अवकाशमा जाने सूचीमा परेका छन्। राष्ट्रिय किताबखाना (शिक्षक) का अनुसार अनिवार्य अवकाशको मिति तोकिएका शिक्षकहरूले उपदान, निवृत्तिभरण (पेन्सन) लगायतका कानुनबमोजिम प्राप्त हुने आर्थिक सुविधा लिन अवकाश हुनुभन्दा कम्तीमा ६ महिना अगावै आवश्यक कागजात प्रक्रियागत रूपमा राष्ट्रिय किताबखाना (शिक्षक) मा पेस गर्नुपर्ने व्यवस्था रहेको छ ।











Discussion about this post