असार ३१, सोलुखुम्बु । सोलुखुम्बुको लिखु पिके गाउँपालिकामा भारत सरकारको आर्थिक सहयोगमा ङग्युर ञिङ्मा पल्युल दोङग क्षोलिङ्ग गुम्बाको भवन निर्माण सुरु गरिएको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण हुन लागेको गुम्बाको लागत ३ करोड ३० लाख रुपैयाँ रहेको छ । उक्त गुम्बा भवनको लिखु पिके गाउँपालिकाका अध्यक्ष मिना कार्की बस्नेत र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजयकुमार सिंहले संयुक्त रुपमा मंगलबार शिलान्यास गर्नुभएको छ ।
गुम्बाको यो भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत बन्न लागेको हो गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ यो सोलुखुम्बु जिल्लाको छैटौं उच्च प्रभाव सामुदायिक विकास परियोजना हो । लिखु पिके गाउँपालिकाका अध्यक्ष तथा अन्य सरोकारवालाहरुले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरेका छन् । उनीहरुले नयाँ पूर्वाधारले सोलुखुम्बुको लिखु पिके गाउँपालिकाको समृद्ध साँस्कृतिक सम्पदाको संरक्षण गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरेका छन् । नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच बहुक्षेत्रीय सहकार्य रहेको छ ।











Discussion about this post