असार ३१, सोलुखुम्बु । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुने तर्क गर्नुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसद गुरुङले सुकुमवासी व्यवस्थापनको सन्दर्भमा सरकारको अव्यावहारिक नीतिका कारण हालसम्म ९ जनाको ज्यान गइसकेको बताउनुभयो । उहाँले बिना तयारी सुकुमवासी बस्ती खाली गराउँदा मानवीय संवेदनाको अभाव देखिएको र यसले आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुने तर्क गर्नुभयो ।
मुगुका गणेश नेपाली र सर्लाहीका विवेक मण्डल जस्ता युवाहरूको आत्मदाहलाई व्यक्तिगत घटना मात्र नभई राज्यको असफलताको प्रतिविम्बका रूपमा चित्रण गर्नुभयो । उहाँले सरकारले ‘स्टन्ट’ र ‘फण्डा’ गरी जनसरोकारका विषयलाई ओझेलमा परोको आरोप लगाउनुभयो । गम्भीर प्रश्नहरू उठ्दा त्यसलाई ओझेलमा पार्न सरकारले नयाँ–नयाँ प्रपञ्च रच्ने गरेको दाबी गर्नुभयो । उहाँ ले युवा नेतृत्वबाट ठूलो आशा गरिएको भए पनि सरकारको कार्यशैलीले सर्वसाधारणमा निराशा मात्र बढाएको दाबी गर्नुभयो ।










Discussion about this post