असार ३२, सोलुखुम्बु । देशका केही जिल्लामा बिहीबार पनि आकस्मिक बाढीको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाले पूर्वको ताप्लेजुङदेखि लुम्बिनी प्रदेशसम्मका कतिपय साना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको जनाएको हो । काठमाडौं उपत्यकासहितका ३४ जिल्लामा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको पूर्वानुमान छ ।
ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, भोजपुर, खोटाङ, उदयपुर, ओखलढुंगा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट, रसुवा, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, चितवन, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०, नवलपरासी बर्दघाट (सुस्ता पश्चिम), रुपन्देही, पाल्पा, बाँके, बर्दिया र आसपासका जिल्ला भई बहने ससाना नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।










Discussion about this post