असार ३२, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को बजेट नगरसभाबाट पारित गरेको छ । गत असार १० गते नगरसभामा पेश गरिएको नगरपालिकाको बजेट नीति तथा कार्यक्रम असार ३२ गते पारित गरिएको हो । नगरप्रमुख नाम्गेल जाङबु शेर्पाको सभापतित्वमा सम्पन्न १८ औँ नगरसभाले आर्थिक वर्ष २०८३/८४ को बजेट सर्वसम्मतीले पारित गरेको हो ।
८८ करोड बढीको बजेट पारितगर्दै नगरसभाले गत आर्थिक वर्ष २०८२/०८३ मा ८० प्रतिशत बजेट खर्च गरिएको जानकारी गराइएको छ । यस आर्थिक वर्षमा नगरपालिकाले विनियोजन गरेको ८८ करोड ९० लाख रुपैयाँको बजेट मध्ये ७१ करोड १५ लाख खर्च गरेको नगर उपप्रमुख गान्धीमाया तामाङले बताउनुभएको थियो ।
सम्पन्न नगरसभामा नगरपालिकाका ११ अोटै वडाका अध्यक्षहरू, कार्यपालिका सदस्य लगायत प्रमुख प्रशासकीय अधिकृत सहित कर्मचारीहरूको उपस्थिति रहेको थियो । नगरपालिकाले निर्माणाधीन प्रशासनिक भवनको सभाहलबाट आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गरेको छ । नगरसभाले विभिन्न समयमा गरिएका नगरपालिका स्तरिय निर्णयहरू समेत पारित गरेकाे छ ।










Discussion about this post