साउन १, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ वडा कार्यालयले वडा नम्बर ४ र ५ को सीमाक्षेत्रअन्तर्गत भुङ्गारा–खोला मोटरेबल पुलदेखि छेउको सडक खण्डमा मर्मत कार्य भइरहेकाले उक्त सडकमा निश्चित समयमा मात्र सवारी आवागमन गर्न अनुरोध गरेको छ । वडा कार्यालयद्वारा जारी सूचनाअनुसार वर्षाका कारण सडक क्षति भएपछि हाल मर्मत कार्य सञ्चालनमा रहेको छ ।
मर्मत कार्यलाई प्रभावकारी बनाउन अर्को सूचना प्रकाशित नभएसम्म सर्वसाधारण तथा सवारी चालकलाई तोकिएको समयमै मात्र सडक प्रयोग गर्न आग्रह गरिएको छ । कार्यालयका अनुसार बिहान ६ बजेअघि, दिउँसो ११ः०० बजेदेखि १२ः०० बजेसम्म र बेलुका ६ बजेपछि मात्र उक्त सडकमार्फत आवतजावत गर्न पाइनेछ।
अन्य समयमा सडक मर्मत कार्य सञ्चालन हुने भएकाले आवागमनमा असुविधा हुन सक्ने जनाइएको छ । वडा कार्यालयले मर्मत कार्य सम्पन्न गर्न सबै सरोकारवाला तथा स्थानीयवासीसँग सहयोगको अपेक्षा गर्दै अस्थायी असुविधाप्रति समझदारी अपनाइदिन अनुरोध गरेको छ । उक्त सूचना वडा सचिव त्रिनाथ राई को हस्ताक्षरसहित २०८३ साउन १ गते जारी गरिएको हो ।











Discussion about this post