साउन २, सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरी स्थित थेक्छेन पेमा छोलीङ गुम्बाले प्रथम धर्मचक्र प्रवर्तन दिवस मनाएको छ । साउन २ गते आज गुम्बामा कार्यक्रमको आयोजना गरि प्रथम धर्म प्रवर्तन दिवस मनाइएको हो । भगवान गौतम बुद्धले बुद्धत्व प्राप्त गरेपछिको पहिलो धर्म प्रवचनको सम्झनामा बौद्ध धर्मावलम्बीहरूले यो दिवस मनाउने गरेका छन् । बुद्धले पहिलो पटक ५ जना भिक्षुहरूलाई बुद्ध ज्ञान प्रदान गरेको दिनको सम्झनामा यो दिवसको आयोजना गरिएको गुम्बा व्यवस्थापन समितिका सचिव ङिमा तेन्डुप शेर्पाले बताउनुभयो । दिवसको अवसरमा गुम्बामा बौद्ध धर्म परम्परामा आधारित पूजाआजा तथा मनी मन्त्र जपका कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा सदरमुकाम क्षेत्रमा रहेका बौद्ध धर्मावलम्बीहरूको बाक्लो उपस्थिति रहेको थियो ।











Discussion about this post